उम्मेद्‌वार परिचय

537 पटक पढिएको

सम्पादक: Dhadingnews.com

राजेन्द्रप्रसाद पाण्डे, धादिङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेद्वार 

राजेन्द्रप्रसाद पाण्डेको जन्म २०१३ साल जेठ २९ गते धादिङको गजुरी गाविस ८ मा भएको हो । उहाँका बाबुको नाम स्व.नेत्रराज पाण्डे र आमाको नाम मनमाया पाण्डे हो । rajendra prasad pande uml 3उहाँकी श्रीमती र ३ छोरा छन् । पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा एमए गर्नुभएको छ । २०३२ सालदेखि राजनीतिमा सक्रिय भएका पाण्डे २०३३ सालमा भ्याली अर्गनाईजेशन कमिटीमा आवद्ध हुनुभयो । २०३३ सालमा केन्द्रीय कारागारमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका पाण्डेले २०३४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक सहित दुई कार्यकाल धादिङ जिल्ला अध्यक्ष भएर काम गर्नुभयो । २०३६ साल कात्तिकमा नेकपा माले जिल्ला पार्टी सक्रिय दल स्थापना गरी सचिव भई ८ बर्षसम्म उहाँले काम गर्नुभयो । पाण्डे २०५० देखि ०५६ सालसम्म नेकपा एमाले वागमती अञ्चल सचिव, २०५५ सालमा पार्टी केन्द्रीय सदस्य, २०६५ साल देखि पोलिटव्युरो सदस्य हुनुहुन्छ । २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षिय उम्मेदवारका रुपमा उठेका पाण्डे पराजित हुनुभएको थियो । उहाँ २०४४ सालमा जनपक्षिय जिल्ला पञ्चायत सभापतिका रुपमा निर्वाचित हुनुभएको थियो । पाण्डे प्रतिनिधि सभामा धादिङ क्षेत्र नम्बर ३ वाट २०४८, ०५१ र २०५६ मा विजयी हुनुभएको थियो । २०५१ सालमा प्रतिनिधि सभामा नेकपा एमालेको प्रमुख सचेतक भएका पाण्डे २०६५ साल जेठ ८ देखि चैत १५ गतेसम्म स्थानीय विकास मन्त्री  हुनुभएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा भने उहाँ धादिङ क्षेत्र नम्वर ३ बाट पराजित हुनुभएको थियो । पाण्डे २०३४ सालदेखि २०४२ सालसम्म शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो ।

गुरुप्रसाद बुर्लाकोटी, नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का उम्मेद्वार 

गुरुप्रसाद बुर्लाकोटीको जन्म २०१३ साल असोज १२ गते धादिङको चैनपुर गाविसमा भएको हो । उहाँका बुबाको नाम प्रेमनाथ बुर्लाकोटी र आमाको नाम भजकुमारी बुर्लाकोटी हो । उहाँका श्रीमती, छोरा, बुहारी र दुई छोरी छन् । युवा संघ नेपालको केन्द्रीय  सचिव क्रान्ति बुर्लाकोटी उहाँकै छोरी हुन् ।guruprasad burlakoti uml 2
बुर्लाकोटीले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ । २०३५ सालदेखि कम्युनिष्ट पार्टीमा संगठित बुर्लाकोटी २०३६ सालमा नेकपा माले जिल्ला पार्टी सक्रिय दलको संस्थापक हुनुहुन्थ्यो । २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक सदस्य रहेका उहाँ पार्टीको जिल्ला उपसचिव  सचिव र अध्यक्ष पनि  पनि भइसक्नुभएको छ ।
हाल उहाँ नेकपा एमालेको बाग्मती अञ्चल सदस्य हुनुहुन्छ । २०३६ सालदेखि २०४२ सालसम्म चैनपुरको सालबास माविमा स्थायी शिक्षकको रुपमा काम गरेका बुर्लाकोटीले २०४४ सालमा सरकारले अर्को जिल्लामा सरुवा गरेपछि उहाको जागिर खोसिएको थियो ।

धनबहादुर घले ,नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उम्मेद्वार

धनबहादुर घलेको जन्म २०३१ साल कात्तिक २२ गते धादिङ जिल्लाको बसेरी गाविसमा भएको हो । उहाँका बुबाको नाम चन्द्रबहादुर घले र आमाको नाम सनमाया घले हो । dhanbahadur ghale uml 1उहाँले प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ । घलेले २०४७ सालमा अनेरास्ववियूबाट राजनीति सुरु गर्नुभएको थियो । २०४७ सालमा बद्री विशाल माध्यमिक विद्यालयमा अनेरास्ववियूको प्रारम्भिक कमिटीको अध्यक्ष भएका घले हाल युवा संघ धादिङको जिल्ला उपाध्यक्ष र बाग्मती अञ्चल सदस्य हुनुहुन्छ । उहाँ धादिङ क्षेत्र नम्बर १ का नेकपा एमालेका क्षेत्रीय अध्यक्ष हुनुहुन्छ ।