मतदाता नामावली सार्वजनिक, काठमाण्डुमा ५ लाख, मनाङ ४ हजार मतदाता

991 पटक पढिएको

सम्पादक: Dhadingnews.com

election commition of nepalकाठमाण्डु, १० कात्तिक– निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गतेको दोस्रो संविधानसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो । विभिन्न चरणमा तस्विर सहितको मतदाता नामावली सङ्कलनमा गरी आयोगले आइतबार नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नामावली अनुसार आगामी संविधासभा सदस्य निर्वाचनका लागि एक करोड २१ लाख ४७ हजार ८६५ मतादाता रहेका छन् । ती मतदातामध्ये सबैभन्दा बढी काठमाण्डु जिल्लामा पाँच लाख ३२ हजार ११० र मनाङमा चार हजार ७९५ रहेको जनाइएको छ ।

आयोगले १६ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई पनि नामावलीमा सूचीकृत गर्दै एक करोड २४ लाखको नाम र फोटो संकलन गरेको थियो । तीमध्ये मतदानका लागि १८ वर्ष उमेर पुगेका मतदाताको अन्तिम नामावली सार्वजानिक गरिएको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिएको काठमाण्डु टुडे डट कमले खबर लेखेको छ ।  ।