एमालेले संविधानसभाको निर्वाचनमा बहुमत ल्याएमा एक वर्ष भित्रमा संविधान निर्माण गर्ने

533 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,कात्तिक ११ गते /नेकपा एमालेका पोलिटब्युरो सदस्य एवंम पूर्व मन्त्री गगांलाल तुलाधरले नेकपा एमालेले संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएमा एक वर्ष भित्रमा संविधान निर्माण गर्ने बताउनुभएको छ ।

आज चुनाव प्रचारप्रसार गर्ने क्रममा धादिङको मैदीमा भएको जनसभालाई सम्बोधन गर्दै आफ्नो गाउँ आफै बनाउ भन्ने सिद्धान्त अनुसार काम गर्ने विश्वास दिलाउनुभयो । जनसभालाई सम्बोधन गर्दै जनताहरुलाई नेकपा एमाले पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
चुनाव प्रचारप्रसारको क्रममा मैदीको द्धारथोक, देवीथान, मजुकोट लगायतका ठाँउहरुमा घरदैलो अभियान गरिएको एमाले धादिङले जानकारी दिएको छ । अभियानमा क्षेत्र नं २ का उमेदवार गुरु बुर्लाकोटी, जिल्ला कमिटिका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसैविच काग्रेस र एमाओवादी पार्टी त्यागेर २०० जना एमालेमा प्रवेश गरेका छन् ।
त्यस्तै नेकपा एमाले नलाङ गाँउ पार्टी धादिङको आयोजनामा नलाङ गाविसको वडा नं ५ ठाँटी भञ्ज्याङबाट बिहान ११ बजे मोटरसाइकल ¥याली निकालिएको छ । धादिङ क्षेत्र नं २ का उमेदवार गुरु बुर्लाकोटीलाई जिताउन नलाङका एमाले नेता तथा कार्यकर्ताहरको सहभागीतामा भएको मोटरसाइकल ¥याली नलाङ गाविसको ठाँटीबाट शुरु भई पाले, पात्ले, वैरेनी, कालिदह, छापगाँउ, सुन्दरपानी पुगेर टुङिगएको थियो ।
नेकपा एमालेका उम्मेदवार धनबहादुर घले धादिङको क्षेत्र नम्वर १ मा चुनावी अभियानमा खटिरहनुभएको छ । घलेले आज दार्खाका विभिन्न वडाहरुमा घरदैलोमा पुगेर संविधान निर्माण र देशमा दिगो शान्तिको लागि एमाले प्रतिबद्ध रहेको बताउदै नेकपा एमालेलाईनै मतदान गर्न जनताहरुलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै प्रचार प्रसारकै क्रममा थाक्रे गाविसमा उमेदवार राजेन्द्र पाण्डेले घरदैलो कार्यक्रम लाई निरन्तरता दिनु भएको छ । घरदैलो कार्यक्रम पछि जनसभामा बोल्दै उहाँले स्थायीत्व शान्ति कायम गर्न एमालेलाई जिताउन सबै नेपाली जनताहरुलाई आग्रह गर्नु भएको छ । एकवर्ष भित्र संविधान निमार्ण गर्न, युवाहरुलाई रोजगारीको ग्यारेन्टी गर्न, विकास निमार्णका कार्यहरु गर्न एमाले प्रतिबद्ध भएको भन्दै पाण्डेले थाक्रे बासीमा आफ्नो मत माग्नु भयो । घरदैलो कार्यक्रम राम्चे, हास्यचौर, मुलखोला, सातघुम्ती लगायतका स्थानहरुमा सञ्चालन गरिएको नेकपा एमाले थाक्रेले जानकारी दिएको छ । कार्यक्रममा जिल्ला कमिटि सदस्य, गाँउ कमिटि सदस्य, एमाले कार्यकर्ताहरुको सहभागीता रहेको थियो । जनसभामा काग्रेस र एमाओवादी पार्टी त्यागेर १ सय ५० जना एमालेमा प्रवेश गरेका छन् ।
त्यसैगरी कल्ल्ेर िगाविसको ८ रु ९ वडामा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कल्लेरीमा जिल्ला कमिटि सदस्य केदारनाथ खतिवडाको नेतृत्वमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटि सदस्य राधा तिमिल्सिेनाका साथै गाविसका नेता कृष्णप्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै जीवनपुरको वडा न ं५ गाँउ पार्टी जीवनपुर र युवा संघ जीवनपुरको आयोजनामा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा एमालेका क्षेत्रीय उपाध्याक्षा बालकृण्ण आचायर्य पूर्व जिल्ला कमिटि सदस्य रामकृष्ण आचार्य लगायत एमालेका नेता तगथा काउर्यकर्ताको सहभागीता रहेको थियो ।