तिम्रो हत्या भयो किन?

523 पटक पढिएको

सम्पादक: Dhadingnews.com

तत्कालिन नेकपा माओवादीद्वारा हत्या गरिएका सलाङका एमाले नेता खिनबहादुर मगरको सम्झनामा

तिम्रो हत्या भयो किन?

तिमी थियौ मेरो बाल–सखा
सहयात्री र सहयोध्दा
जसले ,
माक्र्सवादलाई आत्मसात ग्यो
र ,जीवन दर्शन बनायो ।
सामाजिक मुक्तिका लागि निरन्तर
लागिर≈यो…. लागिरहयो ।

तिम्रा ती विनोदपूर्ण चुट्किला
ती गीत,संगीत र भंगीत
सदाका लागि अव–
खड्किरहयो….खड्किरहयो ।

जनजातिका नेता तिमी
सलाङीका साथी तिमी
एमालेका हस्ती तिमी
सबैका वीच मस्ती तिमी
मात्र संझना,
रहिरहयो….रहिरहयो ।

कमरेड †
तिम्रो दोष थियो र के ?
अभाव र गरिवीको वीच पनि
जीवन जनताकै निम्ति भनी
खुला प्रतिस्पर्धा वीच पार्टी झण्डा
उठाइरहयौ……उठाइरहयौ ।

माओका तिमी अनुयायी थियौ
जीवनभर उनका शिक्षा लियौ
माओ भनिने वादीलाई
गास दियौ वास दियौ
आखिर
अन्तीम सास दियौ सास दियौ ।

जनमुक्तिका हतियार रे π
वर्ग मित्रका मतियार रे †
जनता सवका हितकारी रे π
जनवादका क्रान्तिकारी रे †

जनता सबले बुझिसके,
तिम्रा दिलसा खुलिसके ।

विचारमा विलय भएन जो,
हतियार सन्मुख झुकेन जो,
मिथ्याद्ररोप स्वीकार गर्दैन जो,
भन तिमी† बढी क्रान्तिकारी को ?्

जनतालाई नै मार्ने
कस्तो हो यो जनयुध्द ?
जनता बनि नै सके
तिम्रो युध्द सित क्रुध्द

हत्या गर्नु निःशस्त्रको
हुन्छ के नै बहादुरी ?
निर्दोषी मान्छे मारेर
कति गर्छौ चुरीफुरी ?

जनता कति लागे रे †
तिम्रो युध्द पछिल्तिर ?
त्रुटी कहां किन भयो ?
सोचे हुन्थ्यो त्यतातिर ।

कायरले गरे हत्या
तिमी बन्यौ अजम्वर†
तिमी रेछौ सत्रूका सामु
डरलाग्दो भयंकर †

अन्तीम लाल सलाम †
प्रिय कमरेड, खिन †ः
जनता प्रश्न गर्दैछन्
तिम्रो हत्या भयो किन ?
-राम प्रसाद अधिकारी 
नेकपा एमाले प्रतिनीधि परिषद सदस्य धादिङ