वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दमा ४० किलोवाटको सौर्य ऊर्जा जडान

621 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौँ/ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आफ्नो कार्यालय हाताभित्र ४० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेको छ । डेनिस सरकारको एक करोड ११ लाख सहयोगमा कार्यालय परिसरभित्र ४० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो ।

केन्द्रले जडान गरेको सौर्य ऊर्जाले कार्यालयको कम्प्युटर, प्रिन्टर चलाउन र बिजुली बाल्न सहज हुने केन्द्रका सहायक निर्देशक एवम् सौर्य ऊर्जा कार्यक्रम प्रबन्धक रामप्रसाद धिताल बताए । मासिक ५० हजार नेपाल विद्युत् प्राधिकरणलाई बिजुलीवापतको बिल बुझाउादै आएको केन्द्रले सौर्य ऊर्जा जडानपछि मासिक १० हजार मात्रै तिर्नुपर्ने विश्वास लिइएको छ ।
हामीले कार्यालयको आधारभूत आवश्यकता पूरा गर्न सौर्य ऊर्जा प्रयोग गर्ने लक्ष्य लिएको उनले बताए । उनका अनुसार कार्यालय सञ्चालनका लागि प्रयोग गर्दै आएको ५० केभिए क्षमताको जेनेरेटरसमेत विस्थापित हुने छ । धितालका अनुसार सो ऊर्जाको जडान सिप्रदी इनर्जीले गरेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सञ्चालनमा ल्याएको सौर्य ऊर्जाको सबैभन्दा ठूलो आयोजनाको रुपमा यसलाई लिइएको छ । यसअघि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को सहयोगमा काठमाडौा उपत्यका खानेपानी लिमिटेडले ६ सय ८० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेको थियो ।
बढ्दो ऊर्जा सङ्कटको समाधान गर्नका लागि आफ्नो ठाउाबाटै पहल र प्रयास गरौा भन्ने ध्येयका साथ ४० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको र केही दिनभित्रै त्यसको परिक्षण उत्पादन गरिनेसमेत केन्द्रका सहायक निर्देशक एवम् सौर्य ऊर्जा कार्यक्रम प्रबन्धक धितालले बताए ।