मतदाता परिचयपत्र केही दिनमै

619 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डु/संविधानसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले तस्बिरसहितको अस्थायी मतदाता परिचयपत्र वितरण केहीदिनभित्रबाट सुरु हुने जनाएको छ ।
आयोगले यही कात्तिक १० गतेदेखि परिचयपत्र छपाइ सुरु गरेको हो । अस्थायी परिचयपत्रमा अघिल्तिर मतदाता विवरण र अर्कोपट्टि मतदातालाई मतदानका लागि आयोगबाट आह्वान गरिएको विवरण उल्लेख गरिएको विवरण हुनेछ ।

विविध कारणले गर्दा अयोगले परिचयपत्र छपाइको कार्य आफैले ढिलो गरी सुरु गरेको थियो । आयोगका प्रवक्ता वीरबहादुर राईले छपाइ कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले छपाइ कार्य दु्रत गतीमा भइराखेको र छपाइ सम्पन्न भएका जिल्लाका परिचयपत्र सम्बन्धित जिल्लामा पठाउन प्याकिङ पनि भइराखेको जानकारी दिनुभयो ।

परिचयत्र केहीदिनभित्रदेखि वितरण गर्न सुरु गरिने र मतदानको अघिल्लो दिनसम्ममा सबै मतदाताको हात हातमा पुर्याउने आयोगको तयारी रहेको छ । यसैबीच, निर्वाचनका लागि आवश्यक विभिन्न प्रकारका निर्वाचन सामग्री जिल्ला जिल्लामा पुग्न थालेको छन् । निर्वाचनका लागि मतपत्र, मसीलगायत ५५ भन्दा बढी सामग्री आवश्यक हुने निर्वाचन अयोगले जनाएको छ । मतपत्र छपाइको कार्य समाप्त गरी ती सामाग्री सम्बन्धित जिल्ला जिल्लामा पुग्न थालेका आयोगका प्रवक्ता राई जानकारी दिनुभयो ।