नेकपा एमाले चुनाव प्रचार प्रसारमा सक्रिय

737 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कात्तिक २१ ÷ संविधान सभाको निर्वाचन आउन १२ दिन बाँकी रहदा नेकपा एमाले धादिङले प्रचार प्रसार कार्यक्रमलाई तीव्र पारेको छ ।_MG_1948

नेकपा एमाले धादिङ क्षेत्र नं २ का उम्मेदवार गुरु बुर्लाकोटी सहितको टोलीलाई बिहीवार कल्लेरीका स्थानीय बासीले बाजागाजा सहित भव्य स्वागत गरेका छन । चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम कल्लेरीको वडा नं १ को फोस्रोटार, दीप, पारीलाछाप, दलन, डुम्रीचौर लगायतका ठाँउहरुमा भएको थियो । कार्यक्रममा उम्मेदवार गुरु बुर्लाकोटी सगै निर्वाचन परिचालन समिति क्षेत्र नं २ का संयोजक जगनाथ खतिवडा, इलाका इन्र्चाज केदारनाथ खतिवडा, जिल्ला कमिटि सदस्यहरु कृष्ण अर्याल, भरत ढुङगाना, युवा संघ धादिङका अध्यक्ष अर्जुन कुमार गोर्खाली लगायत ३०० जनाभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागीता रहेको नेकपा एमालेले जनाएको छ । कार्यक्रममा गत कात्तिक १६ गते काँग्रेसले जबरजस्ती पार्टी प्रवेश गराएका भनिएका कल्लेरीका १७ जना एमालेमा फर्किएको बवताईएको छ ।
यसैगरी धादिङ क्षेत्र नं ३ को चुनावी प्रचार प्रसार कार्यक्रम बिहीवार वैरेनीका विभिन्न ठाँउहरुमा सम्पन्न भएको छ । एमालेका उम्मेदवार राजेन्द्र पाण्डेलाई गाउ“को विकास गर्ने एक मात्र नेताको रुपमा आफूहरु परिचित भएको स्थानीयले बताएका थिए । कार्यक्रम अघि वेरैनीबाट ¥याली को आयोजना गरिएको थियो ।_MG_1959

धादिङ क्षेत्र नं १ को चुनावी प्रचार प्रसार कार्यक्रम सल्यानटारका विभिन्न ठाँउहरुमा सम्पन्न भएको छ । बिहीवार सल्यानटारको वडा नं ९ को सिक्टारबाट घरदैलो कार्यक्रम सुरु गरिएको थियो ।

त्यस्तै वसेरीको ५ देखि ९ वडा सम्म चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वसेरीको वडा नं ३ मा रहेको समाजसेवी युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा धादिङ क्षेत्र नं १ का उम्मेदवार धन बहादुर घले, पार्टी जिल्ला कमिटि सदस्य नारायण कार्की, गाँउ पार्टी कमिटि अध्यक्ष भक्त बहादुर लामिछाने लगायत एमाले कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

नेकपा एमाले थाक्रे गाँउ कमिटिको बैठक सम्पन्न भएको छ । बैठकले काक्तिक २२ गतेदेखि दास्रो चरणको घरदैलो तथा चुनावी प्रचार प्रसार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र पाण्डेलाई जिताउन थाक्रेमा विभिन्न कार्यक्रमको आयोजना भईरहेको छ ।

धादिङको सल्यानटारमा भव्य बाजागाजा सहित क्षेत्र नं १ का उम्मेदवार धन बहादुर घलेलाई स्थानियले स्वागत गरेका थिए । कार्यक्रममा क्षेत्र नं १ का निर्वाचन परिचालन कमिटिका संयोजक डाक्टर राम कुमार अधिकारी, जिल्ला कमिटि उप सचिव शम्भु थापा, पार्टी जिल्ला कमिटि सदस्य नारायण कार्कीका साथै क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।