चुनाव प्रचार प्रसारमा एमाले गाउँ गाउंमा

724 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२३ कात्तिक / संविधान सभाको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले धादिङले चुनावी अभियानलाई अझै तिव्र बनाएको छ । चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत शनिवार नेकपा एमाले धादिङ क्षेत्र नम्वर १ ले आगिन्चोक गाविसको विभिन्न स्थानमा र त्रिपुरेश्वर गाविसको वडा नम्वर ८ र ९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा क्षेत्रनम्बर १ का उम्मेदवार धनबहादुर घले, नेकपा एमाले धादिङका उपसचिव शम्भु थापा, जिल्ला कमिटि सदस्य नारायण कार्की, इन्दिरा ढुगांना, रामहरी अधिकारी, गोपीप्रसाद पाण्डे, क्षेत्रीय कमिटीका उपाध्यक्ष दिनेश अधिकारी लगायतका एमाले नेता र अन्य कार्यकर्ताहरुले सहभागिता रहेको थियो ।
यसैगरी क्षेत्र नम्वर २ को कुम्पुर गाविसको वडा नं ६ अमिलीछाप, आदमटार र परेवाटारमा बाजागाजा सहित घरदैलो कार्यक्रम तथा चुनाव प्रचार प्रसार कार्यक्रम सम्पन्न गरेको एमालेले जनाएको छ । कार्यक्रममा धादिङ क्षेत्र नं २ का उम्मेदवार गुरु बुर्लाकोटीसँगै नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा, जिल्ला कमिटि सदस्य कृष्ण अर्याल, गाँउ कमिटि अध्यक्ष लक्ष्मण खतिवडा लगायत एमाले कार्यकर्ताको सहभागीता रहेको वताईएको छ । त्यस्तै क्षेत्र नम्बर ३ को थाक्रे गाविसको वडा नम्वर ३ महादेवबेशीमा शनिवार विहान ¥याली निकालिएको थियो । ¥यालीमा क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र पाण्डे, क्षेत्रीय निर्वाचन परिचालन कमिटि संयोजक भूमि त्रिपाठी , एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नेत्र पौडेल लगायतका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । टोलीले थांक्रे गाविसको रानीबारीको कार्की गाँउ, तामाङ टोल लगायतका ठाँउहरुमा घरदैलो कार्यक्रम सञ्चालन गरेको थियो । DSC01817
यसैगरी नेकपा एमाले नौविसे गाँउ कमिटिको आयोजनामा नौविसेको सिक्रेखोलाबाट वाजागाजा सहितको ¥याली निकालिएको वताईएको छ । ¥याली टाएलघर, खानीखोला, नौविसे बजार, धार्के हुदै चालिसे बजारमा आएर कोण सभामा परिणत भएको एमाले नौविसे गाँउ कमिटिले जानकारी दिएको छ । नौविसेका प्रचार प्रसार संयोजक रामराजा पाण्डेको नेतृत्वमा निकालिएको ¥यालिमा क्षेत्रीय कमिटीका अध्यक्ष वच्चु उप्रेती ,अनेरास्ववियु धादिङका अध्यक्ष सन्तोष राना क्षेत्री लगायत एमाले नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
नेकपा एमाले गाँउ कमिटि मुरलीभन्ज्याङको आयोजनामा मुरलीभन्ज्याङको वडा नं ७, ८ र ९ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ भने पिडा गाविसको जरेबगैचामा चुनावीसभा सम्पन्न भएको छ । सभालाई धादिङ क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र पाण्डे, क्षेत्र नं ३ का निर्वाचन परिचालन कमिटि संयोजक भूमी त्रिपाठी लगायत एमालेका नेताहरुले सम्बोधन गरेका थिए ।