एमाले घरदैलो तथा कोणसभामा व्यस्त

663 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/नेकपा एमाले नौविसे गाँउ कमिटिको आयोजनामा नौविसे गाविसको वडा नम्बर ४ को जुगेडीमा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । सभालाई क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र पाण्डेले सम्बोधन गर्नुभएको थियो । नौविसेका प्रचार प्रसार संयोजक रामराजा पाण्डेको नेतृत्वमा निकालिएको ¥यालिमा एमालेका कार्यकर्ताको सहभागीता रहेको थियो ।_MG_2012 dhanbahadur ghale uml 1
नेकपा एमाले धादिङ क्षेत्र नम्वर १ का उम्मेदवार धन बहादुर घलेलाई जिताउन क्षेत्र नम्बर १ मा चुनावी प्रचार प्रसारलाई तीव्र पारिएको छ । यसैक्रममा आईतवार सल्यानकोट गाविसको वडा नम्बर ७ को बेलुनभञ्ज्याङ, सुनपोखरी, भिमसेनस्थान, हटिया, त्रिपुरासुन्दरी माई लगायतका ठाँउहरुमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको एमालेले जनाएको छ । कार्यक्रममा क्षेत्र नम्बर १ का उम्मेदवार धन बहादुर घले, नेकपा एमाले धादिङका उपसचिव शम्भु थापा, जिल्ला सदस्य उमेश थापा, जिल्ला कमिटि सदस्य नारायण कार्की, इन्दिरा ढुगांना, रामहरी अधिकारी, गोपी प्रसाद पाण्डे, क्षेत्रीय कमिटीका उपाध्यक्ष दिनेश अधिकारी, एमाले गाँउ कमिटि सल्यानकोटका अध्यक्ष राम बहादुर राना, एमाले गाँउ कमिटि मुलपानीका अध्यक्ष लोकेन्द्र थापा लगायतका एमाले कार्यकर्ताहरुको सहभागिता रहेको थियो । guruprasad burlakoti uml 2
यसैक्रममा सल्यानकोटको कार्कीगाँउका स्थानीयले वाजागाजा सहित क्षेत्र नं १ का उम्मेदवार धन बहादुर घलेलाई स्वागत गरेका छन् । क्षेत्र नम्बर ३ मा नेकपा एमाले गाँउ कमिटि छत्रेदेउरालीको आयोजनामा वडा नं २ को डुम्रेचौरमा वृहत आमसभा सम्पन्न भएको छ । सभालाई धादिङ क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र पाण्डे, क्षेत्रीय निर्वाचन परिचालन कमिटि संयोजक भूमि त्रिपाठी, नेकपा एमाले गाँउ कमिटि छत्रेदेउरालीका अध्यक्ष बुद्धिमान तामाङ लगायतले सम्बोधन गर्नुभएको थियो । rajendra prasad pande uml 3
क्षेत्र नम्बर २ को गोगनपानी गाविसको वडा नं ५ को मान्खुमा घरदैलो तथा कोणसभाका कार्यक्रम सम्पन्न भएको छ । कोणसभालाई धादिङ क्षेत्र नं २ का उम्मेदवार गुरु बुर्लाकोटी, जिल्ला कमिटि सदस्यहरु अम्बिका रुपाखेती, उर्मीला अर्याल, गोकर्ण रुपाखेती, युवा संघ धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ गोर्खाली लगायतले सम्बोधन गर्नुभएको वताईएको छ ।