आचारसंहिताको उल्लंघन एमाओवादी कार्यकर्ताको आक्रमणमा तीन जना घाइते

649 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ ।  चुनावी प्रचारको सिलसिलामा नेकपा एमालेको चुनावी सभामा सुहभागी हुन जानलागेका तीन जनालाई एमाओवादी कार्यकर्ताले कात्तिक २३ गते आक्रमण गर्दा घाइते भएका छन् । पिडा गाविस-४ लिस्नुफेदीमा बाटो ढुकेर रड, ढुङ्गा, र लठ्ठीले प्रहार गरी एमाओवादी कार्यकर्ताले आक्रमण गरेको पीडितले बताएका छन् ।
एमाओवादीको आक्रमणबाट पिडा गाविस-९ गैरीगाउँ निवासी ६७ वर्षीय दुर्गाबहादुर तामाङ, ३९ वर्षीय राजु तामाङ र गान्टे चेपाङ घाइते भएका हुन् ।
घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुर्गाबहादुरको अवस्था गम्भीर रहेको छ । दुर्गाबहादुरको टाउकोमा गहिरो चोट लागेको अवस्थामा एमाले कार्यकर्ताले उद्धार गरेका थिए ।
एमाओवादीले सो क्षेत्रमा वाईसीलको क्याम्प राखेर बसेको स्थानीयले जानकारी दिएका छन् । घटनास्थालमा सशस्त्र प्रहरीको टोली पुगेर सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।
यस अघि कात्तिक २२ गतेसाँझ एमाले कार्यक्रमबाट घर र्फकन लागेका स्थानीयलाई किराञ्चोक गाविसमा आक्रमण गरिएपछि स्थानीयवासीले प्रकिार गरेका थिए ।
सीताराम अधिकारी