मतदान अधिकृतसहितको टोलीलाई मतदान केन्द्रमा पठाउने तयारी सुरु

557 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/जिल्ला निर्वाचन अधिकृतको कार्यालय धादिङले जिल्लामा खटाईने मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा सहायक कर्मचारीको कार्यक्षेत्र विभाजन गरी सम्बन्धित मतदान केन्द्र पठाउने तयारी सुरु गरेको छ । SAM_1011शुक्रवार देखि निर्वाचन अधिकृतको कार्यालयमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरू नियुक्ति भएलगत्तै कर्मचारीहरुले पत्र बुझ्न थालेका हुन । तीन निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लामा एक सय १० मतदान स्थलमा २ सय ५१ वटा मतदान केन्द्र र चार अस्थायी मतदान केन्द्र रहेको छ । जिल्लाभर निर्वाचनका लागि दुई हजार ९ सय ६६ जना कर्मचारी खटिने भएका छन ।
मतदान केन्द्रमा तोकिएका केन्द्रमा जाने तयारीमा जुटेका हुन् । भौगोलिक बनावटअनुसार सदरमुकामदेखि तीन दिनसम्मको पैदल दुरीमा पर्ने तिप्लिङ,सेर्तुङ,लापा,रिगाउं लगायतका गाविसमा रहेका मतदान केन्द्रमा खटिएका कर्मचारीहरु केही दिन अघिनै उक्त क्षेत्र तर्फ जाने भएका छन ।