धादिङको तीनै क्षेत्रमा एमाले विजयी

644 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,६ मंसिर/ संविधान सभा निर्वाचनमा धादिङ जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन । SAM_1359
क्षेत्र नम्बर १ मा एमालेका युवा नेथा धनवहादुर घले ८ हजार ६ सय ६३ मत पाएर विजयी भएका छन । घलेका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तिलक रुवालीले ७ हजार ६ सय ५६ प्राप्त गरेका छन भने अर्का प्रतिद्धन्द्धी राप्रपाका नेता बुद्धिमान तामाङले ६ हजार ९ सय ४५ र पुर्व सभासद पुष्पबिक्रम मल्ल ६ हजार ६ सय ९७ मत पाएर चौथो स्थानमा पुगेका छन । अघिल्लो संविधान सभाको निर्वाचनमा मल्ल यस क्षेत्रवाट विजयी भएका थिए ।२० गाविस रहेको क्षेत्र नम्बर १ मा कुलमतदाता ४३,५२५ रहेकोमा ३३ हजार १ सय ८७ मत खसेको र त्यो मध्ये ३१ हजार ७ सय ६७ सदर भई एक हजार ४ सय २० मत वदर भएको निर्वाचन अधिकृतको कार्यालय धादिङ क्षेत्र नम्बर १ ले जनाएको छ ।
धादिङको क्षेत्र नम्बर २ मा नेकपा एमाले धादिङका पुर्व अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी २० हजार २ सय २६ मत ल्याएर विजयी भएका छन । बुर्लाकोटीका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीले १८ हजार १ सय ३६ मत पाएका छन भने पुर्वसभासद एवम एमाओवादीका केन्द्रिय सदस्य कल्पना धमलालाई ८ हजार ३ सय ७ मत प्राप्त गरेर तेश्रो स्थानमा पुगेकी छन । धमला अघिल्लो संविधान सभा निर्वाचनमा यसै क्षेत्रवाट विजयी भएकी थिइन ।
त्यसैगरी धादिङ क्षेत्र नम्बर ३ वाट नेकपा एमालेका राजेन्द्र पाण्डे २२ हजार १ सय ९६ मत ल्याएर विजयी भएका छन । पाण्डेका निकटतम प्रतिद्धन्द्धी शालिकराम जमकट्टेलले १५ हजार ६ सय ९८ मत पाएका छन भने नेपाली कांग्रेसका उम्मेदवार बुद्धलक्ष्मी लामाले ७ हजार २ सय ६८ मत पाएकी छिन । धादिङ क्षेत्र नम्बर ३ मा
धादिङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे विजयी भएका छन । पाण्डे २२ हजार १ सय ९६ मत ल्याएर विजयी भएका हुन । पाण्डेका निकटतम प्रतिद्धन्द्धी एमाओवादीका केन्द्रिय सदस्य शालिकराम जमकट्टेलले १५ हजार ६ सय ९८ मत पाएका छन । नेपाली कांग्रेसकी बुद्धलक्ष्मी लामाले ७ हजार २ सय ६८ मत पाएर तेश्रो स्थानमा पुगेकी छन ।