माओवादीका दुई उम्मेदवारले काठमाडौँमा जमानतसमेत जोगाउन सकेनन्

733 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौँ,/अघिल्लो पटक काठमाडौँका १० सिट मध्ये चार सिट जितेको एकीकृत नेकपा माओवादीका दुई उम्मेदवारले यस पटक जमानत समेत जोगाउन सकेनन्। 

जमानत जोगाउन नसक्नेमा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानसमेत रहेका छन्। काठमाडौँ ८ मा उम्मेदवार रहेका प्रधानले २ हजार ७ सय ६५ मत मात्रै प्राप्त गरे। उनी राप्रपा नेपालका प्रकाश रिमालभन्दा पछाडि चौथो भएका थिए।

कूल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने गर्छ। यो क्षेत्रमा कूल ३४ हजार २८३ सदर मत रहेका थिए।

त्यसैगरी काठमाडौँ ५ का एमाओवादी उम्मेदवार महेन्द्रकुमार श्रेष्ठ पनि जमानत जोगाउन असफल भए। ४१ हजार ९३८ सदर मत भएको यस क्षेत्रमा श्रेष्ठले ३ हजार ६ सय ५५ मत मात्रै पाएका थिए। १५३६४ मतसहित अघिल्लो निर्वाचनकै विजेता नरहरि आचार्यले विजय हासिल गरेको यस क्षेत्रमा एमाले निकटतम प्रतिद्वन्दी थियो।
यी दुवै स्थानमा एमाओवादीलाई राप्रपा नेपालका उम्मेदवारले पछाडि पारेका थिए।

-अन्नपूर्ण