काँग्रेस धादिङका सभापती एबम पराजित उम्मेदवार अधिकारीद्वारा बिजयी एमालेका उमेद्वारलाई बधाई ज्ञापन

600 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ – नेपाली काँग्रेसका तर्फबाट धादिङ क्षेत्र नम्बर २ का संबिधान सभा सद्स्य पदका पराजित उम्मेद्वार रामनाथ अधिकारीले संबिधानसभा सदस्यमा निर्वाचित हुनुभएका एमालेका उमेद्वार गुरुप्रसाद बुर्लाकोटीलाई बधाई ज्ञापन गर्नुभएको छ । अधिकारीले एक विज्ञप्ती जारी गर्दै बुर्लाकोटीलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको हो । नेपाली काँग्रेस धादिङका सभापती समेत रहनु भएका अधिकारीले लोकतान्त्रीक संविधान निर्माणको जिम्मेवारी पुरा गर्न र धादिङको सम्बृदी र जिल्लाबासीको चाहनाको सम्मान पुरा गर्न शर्मालाई शुभकामना दिँदै आफूहरुले सहकार्य र सहयोगीको भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

लोकतन्त्रमा निर्वाचनमा जित हार स्वभावीक भएको भन्दै सभापती अधिकारी आफ्नो पार्टीलाई सहयोग गर्ने र निर्वाचन सफल बनाउन भुमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
   अधिकारीद्वारा जारी गरिएको विज्ञप्तीको पूर्णरुप

                                                    प्रेस बक्तव्य
मुलुकमा शान्ति र स्थिरता कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र एवं समावेशीतालाई संस्थागत गर्ने उद्देश्यसहित २०७० मंसिर ४ गते संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सबैप्रति हार्दिक अभिवादन गर्दछु । २०६४ मा सम्पन्न संविधानसभाले संविधान दिन नसकी राजनीतिक प्रक्रिया अवरुद्ध हुन पुगेको अवस्थामा गरिएको दोस्रो संविधानसभाको निर्वाचनमा उत्साहपूर्वक सहभागी भै आफ्नो अमूल्य मत म सम्लग्न दल नेपाली काँग्रेसलाई दिनु भएकोमा सम्पूर्ण दिदीबहिनी, दाजुभाइ एवं आम मतदाताहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
धादिङ निर्वाचन क्षेत्र नं २ मा आफ्नो उमेद्वारीलाई मैलै राजनीतिक जीवनको महत्वपूर्ण प्राप्तिको रुपमा लिएको छु । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो । निर्वाचनको परिणाम हाम्रो पक्षमा नआएपनि धादिङ क्षेत्र नं २ का जनताले दिनु भएको मतले संगठनलाई एउटा सही दिशा निर्देश गरेको छ । निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गरी जनमतको कदर गर्नु लोकतन्त्रको संस्कार हो । धादिङ क्षेत्र नं २ मा नेपाली काँग्रेसको रुख चिन्हमा आएको मतलाई सम्मान गर्दै आएको परिणामलाई स्वीकार गर्दछु । साथै आआफ्नो भूमिका निर्वाह गरेर निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग, सबै प्रशासनिक तथा सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद ज्ञापन गर्दछु ।
निर्वाचनका क्रममा प्रचार प्रसारका साथै सांगठनिक कार्यमा सक्रियतासाथ सहयोग पु¥याएकोमा नेपाली कांग्रेस र यसका भातृ एवं सुभेच्छुक संस्थाका साथीहरु सहित सम्पूर्ण पत्रकार, नागरिक समाज, अधिकारकर्मी, प्रवुद्ध वर्ग, अन्तर्राष्ट्रिय समुदाय, महिला, मधेशी, दलित, मुस्लिम, आदिवासी, जनजाति, विद्यार्थी, तरुण, युवा, अल्पसंख्यक सबैप्रति नेपाली कांग्रेस धादिङका क्षेत्र नं २ का उमद्वारका तर्फबाट हार्दिक आभार प्रकट गर्दछु । यस क्षेत्रमा आएको मत परिणामबाट विचलित नभै सांगठनिक कार्यमा लाग्न सबै कार्यकर्तामा अनुरोध गर्दछु ।
साथै धादिङ निर्वाचन क्षेत्र नं २ बाट विजयी नेकपा एमालेका उमेद्वार गुरुप्रसाद बुर्लाकोटीलाई हार्दिक बधाई प्रदान गर्दै कार्य सफलताको सुभकामना व्यक्त गर्दछु ।
आगामि दिनमा नेपाली काँग्रेसको इमान्दार कार्यकर्ताको रुपमा जनताको सेवामा निरन्तर आफूलाई समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
जय नेपाल !
रामनाथ अधिकारी
(नेपाली काँग्रेसका तर्फबाट धादिङ क्षेत्र नं २ का
संविधान सभा सदस्य पदका उमेद्वार)

मंसिर ७, २०७०