क्रिकेट खेलाडीलाई १० र प्रशिक्षकलाई ५ लाख दिने सरकारको निर्णय

695 पटक पढिएको

सम्पादक: Dhadingnews.com

क्रिकेट खेलाडीलाई १० र प्रशिक्षकलाई ५ लाख दिने सरकारको निर्णय

काठमाडौं, १७ मंसिर । ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनौट भएको नेपाली क्रिकेट टोलीलाई सरकारले जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले नेपालको खेल ईतिहासमै ठूलो सफलता पाएका टोली सदस्यलाई पुरस्कारबापत् रकम प्रदान गर्ने निर्णय गरेको हो । क्रिकेट टोलीका १५ जना खेलाडीलाई जनही १० लाख, प्रशिक्षकलाई जनही ५ लाख र व्यवस्थापन समूहलाई साढे ३ लाख रुपैयाँ दिने निर्णय भएको छ ।

वैठकले विश्वकप क्रिकेटको तयारीको कार्ययोजना पेश गर्न खेलकूद मन्त्रालयलाई अनुरोध गरेको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

युएईमा भएको ट्वान्टी–ट्वान्टी विश्वकप छनौटमा हङकङलाई हराउँदै नेपाल विश्वकपमा छनौट भए लगत्तै राष्ट्रिय खेलकुद परिषदले खेलाडीलाई जनही १० लाख रुपैयाँ दिन सरकार समक्ष सिफारिस गरेको थियो ।