एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘क’ मा

842 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सन् २०१५ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको खेलतालिका बुधबार सार्वजनिक भएको छ ।

आगामी पुस २६ गतेदेखि न्युजिल्याण्डमा हुने प्रतियोगिताको समूह कमा परेको नेपाललको समूहमा संयुक्त अरब इमिरेट्स्,स्कटल्याण्डहङकङ र क्यानडा छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको तालिका अनुसार समूह ’ मा नामिबियापपुवा न्यूगिनी नेदरल्याण्ड्स्केन्या र युगाण्डा छन्।

तालिका अनुसार नेपालले पुस २९ गते युएईसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

पुस २६ गतेदेखि २ दिन सहभागी हरेक टिमले २ अभ्यास खेल खेल्ने छन् । नेपालले  नामीबिया र केन्याबीरुद्ध अभ्यास खेल खेल्नेछ ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली २०१५ को विश्वकपका लागि छनोट हुनेछन् । आयरल्याण्ड र अफगानिस्तान विश्वकपका लागि छनोट भइसकेका छन्।

समूह चरणमा उत्कृष्ट हुने तीन देशले सुपर सिक्स खेल्नेछन् । सुपर सिक्समा पुग्ने टोलीले आफ्नो समूह बाहेकको अर्को समूहबाट आउने टोलीसँग खेलि फाइनलमा पुग्ने २ टोली २०१५ को विश्वकपमा छनोट हुनेछन् ।

यस्तो छ खेल नेपालको तालिका

अभ्यास खेलहरु

पुस २६ शुक्रबार विरुद्ध नामिबिया

पुस २७ शनिबार विरुद्ध केन्या

समूह चरणका खेल

पुस २९ विरुद्ध युएई

माघ २  विरुद्ध स्कटल्याण्ड

माघ ५  विरुद्ध हङकङ

माघ ७  विरुद्ध क्यानडा

-सेटोपाटी डट कम बाट