धादिङबेसीमा वृहत धादिङ औद्योगिक व्यापार मेला (धादिङ महोत्सव) को आयोजना हुने

691 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 धादिङ ।  आगामी माघ १५ गतेदेखि २६ गतेसम्म धादिङबेसीमा वृहत धादिङ औद्योगिक व्यापार मेला (धादिङ महोत्सव) को आयोजना गर्ने भएको छ । उद्योग वाणिज्य संघ धादिङको आयोजनामा हुने मेलाले जिल्लको पहिचान गराइ यहाँका वस्तु र सेवाहरुको बारेमा जानकारी हुने संघका कार्यलय प्रमुख शालिकराम दुवाडीले जानकारी दिनुभयो । आन्तरिक बजार सवलीकरणका लागि व्यवसाियक उत्थान तथा निकासी योग्य वस्तुमा जोड दिइ पाँच करोडको कारोबार गर्दै एक लाख दर्शक भित्र्याउने लक्ष्य लिएर वृहत धादिङ औद्योगिक व्यापार मेलाको आयोजना गर्न लागिएको पनि दुवाडीले बताउनुभयो । कृषि प्रविधि प्रदर्शनी, हस्तकला तथा छालाजन्य सामान, दैनिक उपभोग्य सामान, कृषिजन्य तथा जडीबुटी, पर्यटन, शिक्षा, सूचनाप्रविधि, निर्माण सामाग्री, अटो मोवाइल, पश्मिना, गार्मेन्ट, गलैचा लगायतका वस्तु तथा सेवाहरु र स्थानीय तवरमा उत्पादन भएका सेवा तथा वस्तुहरुको प्रवद्र्धन, प्रदर्शनी र विक्रि गर्ने गरि मेलाको आयोजा गर्ने तयारी गरिएको उद्योग वाणिज्य संघ धादिङका महासचिव लोकनाथ डल्लाकोडीले जानकारी दिनुभयो । ११ दिनसम्म सञ्चालन हुने व्यापार मेलामा औद्योगिक प्रदर्शनी तथा खरिद विक्रि,स्थानीय कला, भाषा, साहित्यलाई जोड दिएर आयोजना गर्न लागिएको मेलामा जिल्लाको उत्पादन भएको सामाग्री निर्यात गर्ने र जिल्ला बाहिरका सामाग्री जिल्लामा ल्याउन मेलाले योगदान गर्ने आयोजकले दावी गरेको छ ।