अत्यधिक भार वहन क्षमता भएका सवारी साधनहरु नियन्त्रणकालागी अख्तियारको विशेष चांसो

937 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

अत्यधिक भार वहन क्षमता भएका सवारी साधनहरु नियन्त्रणकालागी अख्तियारको विशेष चांसो

काठमाण्डौ अत्यधिक भार वहन क्षमता भएका सवारी साधनहरु नियन्त्रणकालागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष चांसो लिएर नियन्त्रणको पहल शुरु गरेको छ । आयोगले सोमबार सरोकारवाला निकायका प्रमुखहरुलाई बोलाएर एक महिनाभित्र देखिनेगरि काम नभए कार्वाही गर्ने चेतावनी पनि दिएको छ । प्रमुख आयुक्त लोकमानसुह कार्कीको उपस्थितीमा भउको छलफलपछि आयोगले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै-
नेपाल राज्यभरका महत्वपूर्ण सडक संजालहरुमा अत्यधिक भार वहन क्षमता भएका सवारी साधनहरु चलाउनाले सडकको अवस्था अत्यन्त दयनीय  स्थितिमा पुग्न जाने, सडक निर्माणमा भएको राज्यको ठूलो लगानी व्यर्थ हुन जानुका साथै सडक यातायातबाट यात्रा गर्ने यात्रुहरुलाई समेत मर्का पर्न गएको छ । त्यस प्रकारको अवस्थालाई तत्काल सुधार गर्ने सम्बन्धमा माननीय प्रमुख आयुक्तज्यूको अध्यक्षता र माननीय आयुक्तज्यूको उपस्थितिमा सम्बन्धित सरोकारवाला निकायहरु भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव, गृह मन्त्रालयका सचिव, तीनवटै सुरक्षा निकायका प्रमुखहरुबिच छलफल भई देहाय वमोजिमको कार्य तत्काल शुरु गर्ने निर्णय भयो ।
१। यातायात व्यवस्था विभागले २०७० साल पौष २ गते देखि वढी भार वहन क्षमता बोकेका सवारी साधनहरुको अनुगमन कार्यको सुरुवात गरी एक महिना भित्रमा नतिजा देखाउने गरी कार्य संचालन गर्ने ।
२। सडक विभागबाट इटहरी, पथलैया, वुटवल, नेपालगञ्ज, अत्तरिया, रामनगर, नौबिसे, नागढुङ्गा र धुलिखेल समेतका स्थानमा सवारी साधनहरुको भारवहन क्षमता मापन गर्ने तौल मेसिन तत्काल राख्ने । उक्त मेसिन संचालनका लागि तीन निकायहरु यातायात व्यबस्था बिभाग, सडक विभाग र नेपाल प्रहरीका कर्मचारीहरु अनिवार्य रुपमा खटाइ संचालन गर्ने ।
३। गृह मन्त्रालयले यातायातका साधनको भारवहन क्षमताको चेक जाँच गरी वढी भार बहन गरेका सवारी साधनहरुलाई कानून वमोजिम सवारी गर्ने कार्यमा यातायात व्यवस्था विभाग र अन्तर्गत कार्यालयहरुलाई सहयोग गर्न मातहतका क्षेत्रीय प्रशासन कार्यालयहरु, तीनवटै सुरक्षा निकायहरु, पचहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र जिल्ला प्रहरी कार्यालयलाई तत्काल निर्देशन दिने ।
४। विभिन्न भंसार नाकाहरुबाट मालसामान आयात हुँदा वढी भारवहन क्षमता भएका सवारी साधनहरु प्रयोगमा ल्याएको पाइएमा भंसार विंदुवाटै त्यस्तो कार्यलाई निरुत्साहित गर्ने।
५। तीनवटै सुरक्षा निकायका प्रमुखहरुले भारवहन क्षमताको चेक जाँच गरी वढी भार बहन गरेका सवारी साधनहरुलाई कानून वमोजिम कारवाही गर्न आ९आफ्नो मातहतका सवै निकायहरुलाई तत्काल निर्देशन दिने ।
६। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आफू मातहतको सडक विभागलाई विग्रेका सडकहरु तत्काल मर्मत गर्ने व्यवस्था गर्न र यातायात व्यवस्था विभागलाई उल्लेखित कार्यको अनुगमन तत्काल शुरु गरी कानून वमोजिम कारवाही गर्न निर्देशन दिने। साथै अन्य निकायसंग समन्वय गर्नु पर्ने भएमा अन्तर मन्त्रालयसँग समेत समन्वयको व्यवस्था गर्ने ।
७। आगामी दिनमा सडकहरु निर्माण गर्दा विभिन्न प्रकारका सडकहरुको निश्चित मापदण्ड तयार गरी सडक निर्माणको ठेक्कापट्टा गर्दा स्पेसिफिकेसनमा नै समावेश गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने ।
८। सवारी साधनसँग सम्बन्धित व्यावसायिक संघसंस्थाहरुसँग समन्वय र छलफल गरी बढी भारवहन क्षमता भएका सवारी साधन प्रयोग गर्ने सम्बन्धमा सुसुचित हुने खालको सूचना जारी गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले मिलाउने ।

उपरोक्त कार्यहरुका सम्बन्धमा आयोगले निरन्तर अनुगमन गर्ने छ । उक्त जिम्मेवारी निर्वाह नभएको पाइएमा सम्बन्धित जिम्मेवार निकायका पदाधिकारीहरु माथि आयोगबाट कारवाही हुने व्यहोरा जानकारी गराइएको छ ।