नेपाली काँग्रेसका उमेद्वारलाई हराउन भूमिका खेलेको भन्दै महासमिति सदस्यद्धय डाक्टर कार्की, भिम ढुङगाना र तरुण दलका अध्यक्ष गोपाल बिक छ महिनाका लागि काँग्रेसका सम्पूर्ण जिम्मेवारीबाट निलम्बित

602 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ– संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका उमेद्वारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली काँग्रेस धादिङ क्षेत्र नं २ ले दुई महासमिति सदस्य लगायत तीनजनालाई अनुशासनको कारवाही गरेको छ ।
नेपाली काँग्रेस धादिङ २ नं क्षेत्रीय कार्य समितिको शनिबार बसेको बैठकले नेपाली काँग्रेसलाई हराउन भूमिका खेलेको भन्दै केही नेतालाई कारवाही गरेको हो । क्षेत्रीय कार्य समितिले नेपाली काँग्रेसका महासमिति सदस्यद्वय भीमप्रसाद ढुङ्गाना, डा. राजाराम कार्की र नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्मालाई छ महिनाका लागि काँग्रेसका सम्पूर्ण जिम्मेवारीबाट निलम्बित गर्दै काँग्रेसको सांगठनिक कार्यमा सम्लग्न नहुन निर्देश समेत गरेको नेपाली काँग्रेस क्षेत्र नं २ का सभापति विनोद तिमल्सेनाले जानकारी दिनु भएको छ । क्षेत्रीय कार्य समितिले काँग्रेसको चुनावी अभियानलाई कमजोर बनाउन र निर्वाचनमा विपक्षीलाई सहयोग गर्न भूमिका खेलेको आरोप लगाउँदै कारवाहीका लागि केन्द्रीय कार्य समितिमा सिफारिस समेत गरेको छ ।