महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङ देशभरीमै पहिलो

642 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले धादिङमा कार्यरत महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाललाई यस बर्षको सर्वोत्कृष्ठ जिल्लाको रुपमा सम्मान गरेको छ । DSC01718
स्थानीय स्तरमा श्रोत व्यस्थापन गर्दै महिलाहक हितका निम्ति उल्लेखनिय योगदान पु¥याएको भन्दै राष्ट्रिय सञ्जालले आफ्नो तेश्रो राष्ट्रिय अधिबेशन तथा छैटौं साधारण सभाको अवसर पारेर जिल्ला सञ्जाललाई सम्मान गरेको हो । देशका ७५ वटै जिल्लामा स्थापना भई सक्रिय रहेको सञ्जालहरु मध्ये धादिङ जिल्ला समिति पहिलो,सिरहा जिल्ला समिति दोश्रो र दाङ जिल्ला तेश्रो भएका थिए ।
यहि पुस १२ देखि १४ गते सम्म काठमाण्डौमा सम्पन्न भएको अधिबेशनवाट महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको केन्द्रीय सदस्यमा धादिङकी महिला मानवअधिकारकर्मी राधिका सापकोटा निर्वाचित हुनुभएको छ । २३ सदस्यिय केन्द्रीय समितिको अध्यक्षमा रेणुराज राजभण्डारी हुनुहुन्छ । केन्द्रीय सदस्यमा निर्वाचित सापकोटा जिल्ला सञ्जालको पुर्व अध्यक्ष समेत हुनुहुन्छ ।