समानुपातिकमा अन्याय भएको भन्दै माओवादी पार्टी कार्यालय तोडफोड

606 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, पुस १६ – समानुपातिक सभासद चयन गर्दा नेतृत्वले अन्याय गरेको भन्दै धादिङमा एकीकृत नेकपा माओवादीका कार्यकर्ताले जिल्ला पार्टी कार्यालय तोडफोड गरेका छन् ।

धादिङबेसीमा रहेको एकीकृत माओवादीको कार्यालयमा कार्यकर्ताले विहान तोडफोड गरेका हुन् । समानुपातिकमा नाम परेका पुराना कार्यकर्तालाई सभासद नबनाई नयाँलाई ठाउँ दिएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका हुन् ।