धादिङका १७ जनाले मात्रै बुझाए चुनावी खर्च विवरण ,हार्नेको भन्दा जित्नेको थोरै खर्च

589 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१८ पुस – धादिङका १७ जनाउम्मेदवारले मात्र चुनावी खर्च बिबरण निर्वाचन आयोगलाई बुझाएका छन । निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र उम्मेदवारले खर्च बिबरण आयोगलाई बुझाउनुपर्ने भएपनि संविधानसभा निर्वाचनको प्रत्यक्ष तर्फ सहभागि भएका धेरै उम्मेदवारले अझै पनिे चुनावी खर्चको विवरण बुझाएका छैनन् । आयोगले तोकेको ३५ दिने म्याद भित्र अहिलेसम्म १७ जना उम्मेदवारले मात्रै चुनावी खर्चको विवरण पेश गरेका छन् । जिल्ला निर्वाचन कार्यालय धादिङका नायव सुव्वा टेकराज पन्थीका अनुसार चुनावी प्रतिष्पर्धामा सहभागि उम्मेदवारमध्ये अहिलेसम्म साना–ठूला दलका गरी १८ जनाले मात्रै खर्चको विवरण पेश गरेका हुन । तीन निर्वाचन क्षेत्र रहेको धादिङ क्षेत्र नम्बर १ वाट दलका ११ र ,स्वतन्त्र ५ क्षेत्र नम्बर २ मा दल १८ ,स्वतन्त्र ७ र क्षेत्र नम्बर ३ मा दल २० र स्वतन्त्र ६ जनाको उम्मेदवारी परेको थियो ।
खर्च बिबरण पेश गर्नेहरुमा तीनवटै क्षेत्रवाट विजयी भएका उम्मेदवारहरुका साथै दोश्रो र तेश्रो स्थानमा आएकाहरु पनि छन । केही साना दलका उम्मेदवारले पनि खर्च बिबरण भरेर निर्वाचन कार्यालयमा पेश गरेका छन । खर्च बिबरण बुझाउनेहरु मध्ये नेपाली कांग्रेसका उम्मेदवारहरु रामनाथ अधिकारी र तिलकप्रसाद रुवालीले ९ लाख ९५ हजार, संघिय समाजवादी गणतान्त्रिक पार्टीका गजवहादुर लामा, ९ लाख ६५ हजार र कांग्रेसका बुद्धलक्ष्मी लामा ९ लाख ४५ हजार रहेको छ । निर्वाचनमा विजयी भएकाहरुको भने चुनावी खचए हार्नेको भन्दा कम देखिएको छ । धादिङ १ वाट विजयी एमालेका धनवहादुर घलेले ७ लाख ५५ हजार, क्षेत्र नम्बर २ का गुरुप्रसाद वुर्लाकोटीको ८ दाख ७२ हजार र क्षेत्र नम्बर ३ का राजेन्द्र पाण्डेको ८ लाख ६६ हजार खर्च बिबरण निर्वाचन कार्यालयमा पेश गरिएको छ ।
राप्रपाका उम्मेदवार बुद्धिमान तामाङले ८ लाख ८२ हजार ६ सय,नन्दप्रसाद काप्रीले ७ लाख ५४ हजार ४ सय ५०,एकीकृत नेकपा माओवादीका पुष्पबिक्रम मल्ल ९ लाख ४६ हजार १ सय २५, कल्पना धमला ८ लाख ९७ हजार ५ सय,शालिकराम जमरकट्टेल ९ लाख ३१ हजार ५ सय रुपैयाको खर्च बिबरण पेश गरेका छन । त्यसैगरी अखण्ड पार्टीका उम्मेदवार निरवहादुर अधिकारी ८८ हजार,नेकपा मालेका भरत नेपाल ८० हजार,रामेश्वर सिम्खडा १ लाख र स्वतन्त्र उम्मेदवार फैसिंह घलले २ लाख ३९ हजार रुपैया खर्च गरेको बिबरण निर्वाचन कार्यालयलाई बुझाएका छन ।
आजसम्म विजयी भएका तीन सहित अन्य १४ जना गरी १७ जना उम्मेदवारले मात्र खर्च विवरण पेश गरेका छन् । कतिपएले फराम लगेको निर्वाचन कार्यालयले जनाएको छ । आयोगले दलहरुलाई निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र चुनावी खर्चको विवरण पेश गर्ने भनेको थियो ।