नुवाकोटको कविलाश गाविसमा धर्म गुफा भेटियो ,

560 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 नुवाकोट-कविलाश गाविसको कपिलेश्वर मन्दिर क्षेत्र नजिकै अनौठो गुफा भेटिएको छ । केही दिन अघि स्थानीयबासीले कपिलेश्वर क्षेत्रदेखि तीन सय मिटर दक्षिण ढुंगाको पहरामा गुफा देखेका हुन् ।

कविलाश गाविस वडा नं. ७ मा रहेको नाट्यश्वरी मन्दिरदेखि दक्षिणतर्फ ढुंगाको पहाडमा गुफा भेटिएपछि स्थानीयबासीले धर्म गुफाको नाम दिएर प्रचारप्रसार थालेका छन् । स्थानीय बुढापाकाको भनाई अनुसार सो स्थानमा पहिलेदेखि नै गुफा रहेको थियो । तर, गुफा भएपनि बुढापाकाहरु कोही पनि नगएका र गुफाको बारेमा कुनै जानकारी नदिएकोले गुफा ओझेलमा परेको कपिलेश्वर क्षेत्र विकास समितिका अध्यक्ष लोकेन्द्र महतले बताउनुभयो ।
गुफामा १५ मिटर जति परसम्म उभिएरै जान सकिने भएपनि त्यसपछि भने निहुरिएर जानुपर्ने बताउँदै महतले गुफाको १५ मिटरदेखि पर जानका लागि मानिसहरु डराउने गरेको बताउनुभयो । स्थानीयबासीले धर्म गुफाको प्रचारप्रसार गरी गुफाभित्रको अवै वातारण अवलोकन गर्ने जनाएका छन् ।
केही दिन अघि स्थानीय शिवराम थापाले घाँस काट्न गएको समयमा गुफा देख्नु भएको थियो । सो स्थानमा गुफा भेटिएपछि अहिले त्यस क्षेत्रमा वरपरका सर्वसाधारणहरु हेर्नका लागि भीड लाग्ने गरेको नुवाकोट एफएमले जनाएको छ ।  ।