धादिङका चार सभासदलाई गैससको सम्मान

685 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,-धादिङ जिल्लावाट संविधान सभा सदस्यमा निर्वाचित चार जना सभासदलाई आईतवार धादिङबेसीमा सम्मान गरिएको छ ।SAM_770742
गैर सरकारी संस्था महासंघ जिल्ला शाखा धादिङले आईतवार जिल्लावाट संविधान सभामा प्रतिनिधित्व गर्ने चार जनासभासदहरु धादिङ क्षेत्र नम्बर ३ वाट निर्वाचित राजेन्द्र पाण्डे, एमालेवाट समानुपातिक कोटामा निर्वाचित गंगालाल तुलाधर, धादिङ क्षेत्र नम्बर २ वाट निर्वाचित गुरुप्रसाद वुर्लाकोटी र धादिङ १ वाट निर्वाचित धनवहादुर घलेलाई दोसल्ला ओढाई सम्मान पत्र दिएर सम्मान गरेको हो । सम्मानित हुने सभासदहरु सबैजना नेकपा एमालेवाट निर्वाचित भएका हुन । पाण्डे र तुलाधर एमालेको पोलिटव्युरो सदस्य समेत हुन ।
समानुपातिकवाट सभासद भएका नेपाली कांग्रेसका दिलमान पाख्रिन, राप्रपाका परशुराम तामाङ र एनेकपा माओवादीका रविन्द्रप्रताप शाह भने कार्यक्रममा उपस्थित भएका थिएनन । सम्मान कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनीका साथै विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुका साथै गैर सरकारी संस्था महासंघका महासचिव गोपाल लम्साल,धादिङका निमित्त प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, प्रहरी नायव उपरिक्षक अशोक सिंह लगायतको आतिथ्य रहेको थियो ।
सम्मानित हुने सभासदहरुलाई गैसस महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालले सम्मान पत्र दिएका थिए । यसैगरी जिल्लामा कृयाशिल गैर सरकाी संस्था प्रयास नेपालले चारै जना सभासदलाई मायाको चिनो प्रदान गरेको थियो ।