अद्भूत प्रतिभाका पुञ्ज नीतिशास्त्रका प्रणेता गुरु शुक्राचार्य !

925 पटक पढिएको

सम्पादक: Dhadingnews.com

10badri dahal

-बद्रीप्रसाद दाहाल 

पुराणमा वर्णन गरिएका गुरुहरुमध्ये नीतिज्ञ शुक्राचार्य बहुमुखीप्रति–भाका अद्भूत पुञ्ज हुन् । राजनीति , कूटनीति , समाज विज्ञान , नीति विज्ञान , औषधि विज्ञान र अन्य विविध क्षेत्रमा उनले पु¥याएको योगदान उच्चकोटीको छ । भगवान् ब्रह्माजीका मानस पुत्रहरुमध्ये महर्षि भृगुको विशिष्ट स्थान छ । यिनै भृगुकापुत्रहुन् विज्ञानपिता शुक्राचार्य । योगविद्याका निष्णात पण्डित शुक्राचार्यलाई असुरहरुले आफ्ना कुलगुरुको रुपमा वरण गरेका थिए । हुन तयीनामोद भगवत् भक्त हुन् । धर्म , नीति , सदाचारको अलावा उनी वैज्ञानिक शिक्षाका पनि शीर्ष व्यक्तित्व हुन् । भगवान् प्रति अटूट भक्तिभाव भएकैले यिनले प्रह्लाद ,विरोचन , वलि जस्ता प्रतिभा उब्जाउन सफल भए । यिनलाई अर्को शब्दमा उशना , भार्गव , कवि , दैत्यगुरु र शुक्र भनेर कोषकारहरुले संबोधन गरेका छन् । यिनी शुक्र ग्रहको रुपमा नक्षत्र मण्डलमा प्रतिष्ठित भई स्थापित पनि छन् ।
शुक्राचार्यमा योगसाधना , तपस्या , अध्यात्मज्ञान , नीति र चिकित्सा संबन्धी बहुमु–खी मेधा थियो । असंभवलाई संभव बनाउने उनको क्षमताकै कारण उनी रत्न मात्र नभएर महारत्न नै थिए । इन्द्र र ब्रह्माको सभाम ापनि प्रतिष्ठित शुक्राचार्य धनाध्यक्ष कुबेरलाई पनि आवश्यक अर्थको सहयोग गर्दथे । यिनसित मुतसञ्जीविनी विद्याको ज्ञान थियो । देवता र दानवहरुबीच चलेको घमासान युध्दमा दैत्य पक्षबाट मरेकाहरुलाई ब‘चाएर देवजगत्लाई तोबा — तोबा पारिदिएर यिनले आफ्नो तिलस्मी प्राज्ञिकता सफलता पूर्वक प्रदर्शन गरे ।तर देवगुरु बृहस्पतिसित भने यो क्षमता थिएन । त्यसै कारण उनले आफ्ना छोरा कचलाई शुक्रा–चार्यसित पढाउन पठाए । शुक्रचार्यले पनि बहुतै स्नेहसाथ उनलाई विद्याहरु सिकाए । यो कुरा थाहापाएर दैत्यहरुले कचलाई पटक —पटक मारे तर शुक्राचार्यले वार — वार जीवित गराइदिएर दैत्यपुत्रहरुलाई चुनौती नै दिए । दैत्यहरुले अन्तिममा कचलाई मारेर सुरासित पिलाए । शुक्राचार्यले जब ध्यानमग्नहु‘दा यो कुरा थाहापाए। तुरुन्तै आफ्नो पेटभित्र रहेका कचलाई मृत संजीवनी विद्या सिकाएर भने— ‘ अबतिमी मेरो पेट चिरेर बाहिर आऊ , अनि मैले सिकाएको मृत संजीवनी विद्याले मलाई बचाउनू ’ । कचले गुरुआज्ञा मुताविकै काम गरे । त्यसपछि कच विद्यासंपन्न बने । यसरी शुक्राचार्य शिक्षादीक्षादिने काममा कत्ति पनि विभेद गर्दैनथे । उनको उदार गुरुता प्रशंसनीय छ । उनको महान् ग्रन्थ ‘ शुक्र नीति ’ बहुआयामिक ज्ञान–वर्धक व्यवहारोपयोगी र सार्वकालिक सन्दर्भलाई संवाहन गर्ने क्षमता राख्दछ । मूलतःशुक्रले सबै क्षेत्र र तहकालाई आचारमा शुध्दीकरण अनिवार्यतालाई जोड दिएका छन् ।

शुक्राचार्यले आफ्नी पुत्री देवयानीलाई पनि विद्याहरुको ज्ञान दिए । सहिष्णुता र क्षमाको महिमा बताउ‘दै उनी भन्छन् — ः ‘ देवयानी , जुन मान्छे सधैं दोश्रा व्यक्तिहरुका कठोर वचनहरु सुन्न सक्ने क्षमता राख्छ , त्यस्ताले संपूर्ण जगत् विजय प्राप्तगर्न सक्छ । जसले उत्पन्न भएको क्रोधलाई क्षमा भावले मिच्न सक्छ त्यो संसारकै जेता बन्दछ । संयम एवं सहनशीलता सबल अस्त्र संझने उनको शुक्रवाद आजका नव—अभिनववाद भन्दा धेरै वैज्ञानिक छ । हो, त्यतिखेरको राजतन्त्रात्मक प्रणालीलाई आजको संघीय लोकतान्त्रिक प्रणालीमा रुपान्तरण गरिएर हेरियो भने यो अचूक सूत्रको रुपमा देखिन्छ । उनी भन्छन् मान्छे दीर्घसूत्री नभएर दूरदर्शी बन्न सक्नुपर्छ । राजनीतिमा विश्वस्तलाई पनि अतिविश्वास गर्न हु‘दैन ‘ नात्यन्तं विश्वसेत् कश्चित् विश्वस्तमपि सर्बदा ’ कति गूढ रहस्यले भरिएको सूक्ति छ यो ।
नेताले सत्तालाई कहिल्यै स्थायीहो भनेर सोच्न र संझनहुन्न । ‘ यौवनं जीवनं चित्तं छाया लक्ष्मिश्च स्वामिता । चञ्चलानि षडेतानि ज्ञात्वा धर्मरतो भवेत् ।। ’ अर्थात् जवानी , जिन्दगी , मन , छाया , लक्ष्मी र राज्यसत्ता सधैं अस्थीर हुन्छन् । कति घतलाग्दो विचार छ त यसमा डुबुल्किदा । धर्मलाई सुखको स्रोत र ओत संझने उनको अर्को भनाइ —‘ सुखं च न विनाधर्मात् , तस्मात्धर्मपरो भवेत् ।।’ यसरी परोपकार , दया , प्रेम , महिलाअधिकार र तिनको सुरक्षाशासकले कसरी गर्न पर्छ भनेर विस्तृत दिग्दर्शन गराएका छन् । राज्यका सातअङ्गहरुको उल्लेख गर्दै शुक्र भन्छन् — ‘ राजनेता , मन्त्री , मित्र , राष्टकोष , राष्ट , किल्ला र सेना राज्यबनाउने अङ्गहुन् । नेताले अन्नको निन्दा कहिल्यै गर्न हु‘दैन । आफ्नो आयु , आपूmसित भएको पैसा , घरका दोषहरु , मन्त्र , मैथुन , औषधि , दान , मान र अपमान गरी नौ पक्ष असाध्यै गोप्य राख्नु पर्छ । यसरी कयौं कार्यनीतिक , कयौं रणनीतिक कौशल– लाई कुशलतापूर्बक दिशानिर्देश गरेर शुक्रले गतिलो राजनीतिक राजमार्ग खनिदिएका छन् ।

समाप्तम्