रेविज सुइको अभाव

479 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, पुस २४ – जिल्ला अस्पतालमा सरकारले निशुल्क उपलब्ध गराउने कुकुरले टोक्दा लगाउने रेविज विरुद्धको भ्याक्सिन (सुई) अभाव भएको छ ।सरकारले जिल्ला अस्पतालहरुलाई निश्चित कोटामा उपलब्ध गराउने सुई जिल्लामा कुकुरले टोक्नेको संख्या वृद्धि भएपछि अभाव भएको धादिङ जिल्ला अस्पतालले जनाएको छ ।

भ्याक्सिनको अभाव भएपछि अस्पतालमा सेवा लिन आउने विरामीहरु अन्य निजि स्वास्थ्य संस्था र अयन्त्र जान बाध्य भएको अस्पतालका आकस्मिक शाखाका स्वास्थ्य अधिकृत कृष्णलाल उप्रेतीले बताए ।

जिल्लामा अघिल्लो आर्थिक वर्षमा दुई सय ९७ जनाले रेविज विरुद्धको सुईको सेवा लिएकोमा यस आर्थिक वर्षको ६ महिनामा तीन सय ३५ जनाले सेवा लिई सकेका छन् । ‘सुई सकिन थालेपछि स्वास्थ्य विभागमा कोटा थप गर्न माग गरेका छौँ ।’ मेडिकल सुपरिटेण्टेन डा. रसिला अमात्यले भनिन ।