सरकारी विद्यालय नीजी घर भाडामा लिएर संचालन

670 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । जिल्लालाई निरक्षर मुक्त जिल्ला बनाउने भनेर सरोकारवाला निकायहरु कम्मर कसेर बसेपनि शिक्षा क्षेत्रमा रहेको दयनिय अवस्थाको भनै कसैको आँखा पुगेको छैन । काम त काम जस्तो हुनुपर्छ कुरामा मात्र भन्नेर कापिको पानामा लेखेर काम गर्ने भनेर हस्ताक्षर भएपनि कार्यन्वयन नहुँदा त्यस्ता कागजी रुपि कामहरु रद्वीको टोकरीमा फाल्नुको विकल्प हुदैन । 
जिल्लालाई निरक्षर मुक्त जिल्ला बनाउन सकियो भने सम्पुर्ण धादिङे जनताहरुको शान र मान चुलीमा पुग्ने निश्चित छ तर काम मात्र गर्ने भनेर र शिक्षा क्षेत्रमा रहेको दयनिय अवस्थाको पुनःनिर्माण नहुने हो भने भन्नुको कुनै तुक हुने छैन । धादिङ जिल्ला मध्यमाञ्चल विकास क्षेत्रमा शिक्षाको क्षेत्रमा अग्रस्थानमा रहेको कुरा सबैलाई अवगतै होला तर जिल्ला भित्र रहेको विद्यालयको दयनिय अवस्था हेर्ने हो भने आफैँमा लाजमर्दौ अवस्था रहेको छ ।
सुन्दा पनि अचम्म लाग्न सक्छ तर कुरा यर्थाथ हो जिल्लाको चेपाङ समुदायको बाहुल्यता रहेको जोगीमारा गाँउ विकास समितिको एउटा विद्यालयले भवन अभावको कारण एउटा नीजि घरमा कक्षा सञ्चालन गर्न बाध्य भएको छ । जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने उद्देश्यले च्याउ सरी उम्रिएका एनजिओ आईएनजिओको अहिले सम्म त्यता आँखा जान सकेको छैन ।
टुकीमुनिको अध्याँरो भनेको जस्तो उक्त विद्यालयको अहिले सम्म एउटापनि पक्कि भनव छैन नत जिल्ला शिक्षा कार्यलय ले नै पहल गरेको छ नत सम्बन्धीत निकायको ध्याननै जान सकेको छ । जिल्लामा साक्षर प्रतिशत बढी भएपनि जिल्लाका दुरदराजका बस्थीहरुमा भने औँठाको छाप लगाउनु सिवाय अरु कुनै विकल्प नै छैन । बर्सेनी सयौँ पक्कि भवन बन्ने धादिङमा अहिले सम्म उक्त विद्यालयको भागमा एउटा पनि भनव पुग्न सकेको छैन । चेपाङ समुदायको हक हितको लागी काम गर्ने एनजिओ आईएनजिओहरु के अहिले सम्म उक्त स्थानमा पुग्न नसकेकै हो त गम्भिर प्रश्न खडा भएको छ ।
जोगीमारा गाँउ विकास समिति वडा न. २ ताकथोकमा रहेको जलकन्या प्राथमिक विद्यालयले आफ्नो भवनको अभावको कारण विद्यालय व्यावस्थापन समितका अध्यक्षको धरमा कक्षा सञ्चालन गरिरहेको छ । उक्त विद्यालयको दयनिय अवस्था थाहाँपाएपछि आज राष्ट्रिय शिक्षा पत्रकार समुहले अनुगमन गरेको छ । विद्यालयको जिर्ण रहेको भवन निर्माण र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउन सहयोगीको भुमिका खेल्ने लक्ष्यको साथ आज विद्यालयको अनुगन तथा अभिभावक र विद्यालय व्यावस्थापन समिति सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । राष्ट्रिय शिक्षा पत्रकार समुहका अध्यक्ष प्रकाश सिलवालको नेतृत्तमा आएको टोलीले विद्यालयलाई सहयोग जुटाउदिने आश्वसन दिएर फर्केको विद्यालय स्रोतले जनाएको छ ।
टोलीमा राष्ट्रिय शिक्षा पत्रकार समुहका सदस्य प्रदिप न्यौपाने, नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङ, दिल बहादुर चेपाङ र रेडियो बिहानीको कार्यक्रम उत्पादक शम्भु त्रिपाठी लगायतको सहभागिता रहेको थियो । विद्यालयको नाजुक अवस्था रहेको र सहयोगको लागी एसीयन फ्रेन्सीप नेटवर्क ईच्छुक रहेकोले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तस बृद्धिको लागी आफुहरुले विद्यालयको यर्थाथ बस्तुस्थिती बुझ्न अनुगमन गरिएको टोलीमा सहभागि एक सदस्यले जानकारी दिनुभएको छ । चेपाङको बाहुल्यता रहेको जोगीमारा गाँउ विकास समिति वडा न. २ मा विकास निर्माणका कार्य नभएको र त्याहाँको स्थानीय बासिन्दाहरु निरक्षर रहेको भन्दै विद्यार्थीहरुलाई विद्यालय आउने वातावरण बनाउने उद्देश्य सहित आफुहरुले अनुगमन गरिएको राष्ट्रिय शिक्षा पत्रकार समुहका अध्यक्ष प्रकाश सिलवालले जानकारी दिनुभएको छ ।
कक्षा तीन सम्म अध्यापन गराउर्दै आएको विद्यालयले भवन अभावको कारण विद्यालय व्यावस्थापन समितिका घरमा कक्षा सञ्चालन गर्दै आईरहेको थियो । शिक्षा क्षेत्रमा बर्षेनी करोडौँ रुपैँया लगानी गरेपनि अहिले सम्म जोगीमाराको उक्त विद्यालय टुकी मुनिको अध्यारो जस्तै भएको छ । शिक्षा क्षेत्रमा काम गर्ने जिल्लामा विभिन्न एनजिओ आईएनजिओ भएपनि अहिले सम्म त्यता तिर कसैको आँखा जान सकेको छैन । आफ्नो गाँउमा एसीयन फ्रेन्डसीप नेटवर्कको सहयोगमा विद्यालयको पक्कि भवन भन्ने भएपछि स्थानीय बासिन्दाहरु खुसी भएका छन् । साथै विद्यालयको भवन बनाउनको लागी महत्वपुर्ण भुमिका खेल्ने राष्ट्रिय शिक्षा पत्रकार समुहलाई धन्यवाद समेत व्यक्त गरेका थिए । जोगीमारा गाँउ विकास समिति वडा न. २ मा रहेको स्थानीय अभिभावकहरुले आफुहरुलाई जिल्ला शिक्षा कार्यलय र सम्बन्धीत सरोकारवाला निकायले उपेक्षा गरेको आरोप लगाएका छन् । अझैपनि उनीहरु जिल्ला शिक्षा कार्यलयको सहयोग अपेक्षा गरीरहेका छन् । अनुगमन टोली उक्त स्थानमा पुग्दा त्याँहाका बासिन्दाहरुको अनुहारमा खुसी झल्कीरहेको थियो । विद्यालयको यस्तो अवस्था देखेपछि पक्के पनि पक्कि भवन बन्छ भनेर होला त्याँहाका बासिन्दाहरुले अनुगमन टोलीलाई भव्य स्वागत गरेका थिए ।
न्युजधादिङ डट कमबाट