मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता

705 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷प्राज्ञिक विद्यार्थी परिषद नेपाल धादिङको आयोजना र प्रगतिशिल बाल क्लवको सहयोगमा सञ्चालन गरिएको मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ ।

                           आठ जना प्रतियोगिहरु सहभागि भएको मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा नीलकण्ठ उमाविका छात्रा रिता लम्साल प्रथम, पशुपति माविका छात्रा सम्झना थापा द्धितिय, नीलकण्ठ उमाविका छात्रा शर्मिला थापा मगर तृतिय र सिद्धेश्वरी उमाविका छात्रा सम्झना सिलवाल सान्त्वना भएका छन् । विजयी प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ उमावि का स्रोत ब्यक्ति भुपेन्द्र कुमार श्रेष्ठले शैक्षिक सामग्री र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । पाज्ञिक विद्यार्थी परिषद नेपालकी ज्ञानी माया गुरुङको अध्यक्षता रहेको कार्यक्रममा निलकण्ठ उमावि धादिङका स्रोत ब्यक्ति भुपेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ उमाविका प्रधानाध्यापक बाबुराम अधिकारी, बरिष्ठ साहित्यकार नविन बन्धु पहाडी प्रकाश सापकोटा, गाविन्द्र पण्डित र राजेन्द्र अर्यालय लगायत विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।