दुईवटा उद्योग वाणिज्य संघलाई एउटै वनाउन पहल गरिने

587 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२६ पुस – समान उद्धेश्य, समान नाम र समान कार्यक्षेत्र भएका धादिङ जिल्लाका दुईवटा उद्योग वाणिज्य संघलाई एउटै वनाउन नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्ने भएको छ ।
महासंघका केन्द्रिय अध्यक्ष सुरज वैद्यले शुक्रवार धादिङबेसीमा धादिङ उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघका प्रतिनिधि मण्डलसंग भेटघाट गरी दुई संस्था एकीकरणका लागि पहल गर्ने वताएका हुन । बैद्य धादिङ उद्योग वाणिज्य संघको २० औं साधारण सभाको उदघाटनका लागि शुक्रवार धादिङबेसी आएका थिए । संघले सदस्यता बितरण तथा नविकरणमा राजनैतिक विभेद गरेको, पुराना व्यवसायीहरुलाई जानकारी समेत नदिई सदस्यता खारेज गरेको, कार्य समितिमा राजनैतिक हस्तक्षेप बढेको लगायतका आरोप लगाउंदै संघवाट वाहिरिएका व्यवसायीहरुले उद्योग वाणिज्य संघ धादिङको स्थापना गरेका थिए ।
नयां स्थापना भएको संघलाई महासंघले सदस्यता दिन इन्कार गर्दै आईरहेको छ ।पुरानो संघमा एकीकृत नेकपा माओवादीको समर्थन रहेका कारण नयां संघलाई एमाले र काँग्रेसले समर्थन दिएका छन । दुई चिरामा विभाजित भएका व्यवसायीलाई एकै ठाउंमा ल्याउन तत्काल केन्द्रीय स्तरको कार्यदल वनाएर प्रक्रिया अघि बढाईने अध्यक्ष बैद्यले वताएका छन ।