मध्यमान्चल चेस छनौट शुरु

787 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ्गबेसी,२७ पुस   । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप– २०७० अन्र्तगत मध्यमान्चल क्षेत्रीय चेस छनौट प्रतियोगिता आजबाट शुरु भयो ।SAM_0978

                    शनिबार सम्पन्न पहिलो राउण्डको खेलमा काठमाण्डौका जनार्दन श्रेष्ठ, प्रेमकृष्ण महर्जन, नविन तण्डुकार, विकास राई, ललितपुरका सजिन महर्जन, रत्न ब्यन्जनकार, अशोकमोहन श्रेष्ठ, भक्तपुरका गणेशमान दुवाल, प्रज्वलराज राजोपाध्याय, मकवानपुरका धरमबहादुर लामा, सुन्दर कार्की, काभ्रेका इन्द्रमान मानन्धर, दोलखाका गोविन्द श्रेष्ठ, चितवनका सन्तोष गौतम, महोत्तरीका लक्ष्मण कुमार सेठ, धनुषाका हिमाल लामा, बिरेन्द्रकुमार महतो, सर्लाहीका रविन्द्र बहादुर थापाले पहिलो जित हासिल गरी समान १ अंक प्राप्त गरेका छन् । पहिलो राउण्डको खेलमा केहि अप्रत्यासित नतिजाहरु आए । जसमा दोलखाका १६६२ रेटेड गोविन्दले भक्तपुरका १९८१ रेटेड ओलम्पियन बलराम नापित स्तब्ध पारे भने काभ्रेका अनरेटेड इन्द्रमानले १८५० रेटेड हरिचन्द्र चौलागाईंलाई माथ गरे । त्यस्तै अनरेटेड बिरेन्द्रले भक्तपुरका १८५९ रेटेड शिवभक्त गाईंजुलाई, अनरेटेड विकास राईले भक्तपुरकै १७५४ रेटेड दामोदर गाईंजुलाई र महोत्तरीका अनरेटेड लक्ष्मणकुमार सेठले काठमाण्डौ जिल्ला च्याम्पियन १७४३ रेटेड सुरज पण्डितलाई हराएका थिए ।
नेपाल बुद्धिचाल संघको आयोजना र धादिङ्ग जिल्ला बुद्धिचाल संघको ब्यवस्थापनामा संचालित खेलमा मकवानपुरका राजन थापामगर र रौतहटका पुरुषोत्तम चौलागाईं तथा मकवानपुरकै लालबहादुर कार्की र सर्लाहिका कमल थापाबीचको खेल बराबरी भयो ।
यसअघि होटेल जिविकाको सभाहलमा धादिङ्ग जिल्ला बुद्धिचाल संघका अध्यक्ष उद्धव भट्टको सभापतित्व एक कार्यक्रमबीच धादिङ्ग क्षेत्र नं. २ का सभासद गुरुप्रसाद बुर्लाकोटी र नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले चेस गोटी चालेर संयुक्त रुपमा खेल उद्घाटन गर्नु भयो ।custom ib extended essay
स्वीस लिग ८ राउण्डको खेल हुने चार दिने प्रतियोगितामा १४ जिल्लाका ४४ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

765qwerty765