परम्परागत छेची पर्व पुनः नियमित मनाइने

830 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गोपाल फ्युबा तामाङ
दार्खा,  २७ पुस÷ लामो समयदेखि ल्होछार संस्कारको रुपमा मनाउदै आएको छेची पर्व यस वर्ष पनि भव्यताकासाथ मनाउने भएको छ । PICT0073यही पौष १८ गते दार्खा गाविस वडा नं ३ ब्युर्चेतमा बसेको गाउँसभाले समाजसेवी तथा जिम्बुवाल छेजु तामाङको अध्यक्षतामा १०१ सदस्यीय छेची पर्व व्यवस्थापन समिति गठन गरेको छ । यही माघ ९ देखि १३ गते (२३—२७, जनवरी २०१४)सम्म दार्खा गाविस वडा नं ३ ब्युर्चेतको म्हनेगङमा सम्पन्न गर्ने कार्यक्रमको लागि जिम्मेवारी समेत बाँडफाँट गरिएको छ । समितिमा उपाध्यक्षहरू कलबहादुर तामाङ र सुन्दर तामाङ, कोषाध्यक्षहरू बमबहादुर तामाङ र गंगलाल तामाङ, सचिव चोकबहादुर घले रहेको छ । त्यस्तै चेमा संयोजक चिरन तामाङ, व्यवस्थापन संयोजक जम्नारोङ तामाङ, प्रचारप्रसार संयोजक गोपाल फ्युबा तामाङ चयन गरेको छ । समितिको पहिलो बैठक दार्खा गाविस वडा नं २ खल्चेतमा बसेर विभिन्न निर्णयहरू समेत गरेको छ ।
ल्हाप्साङकर्पो (गणेश हिमाल आसपास) क्षेत्रका तामाङ जातिमा प्रचलित यो पर्व धेरै वर्षअघि देखि नै धादिङ जिल्ला दार्खा गाविसको ब्युर्चेतमा परम्परागत रुपमा चल्दै आएको छ । छेचीमा मुखे, फुक्तुङ, म्हान्देउ, ल्हल्हिमो, वेश्यक, तपु, किर्पा र य्हा नाच सम्लग्न भएको चेमा(नाच, गान समेत भएको नाटक) देखाउने गरिन्छ । लामा नाच, दोरा नाच र म्हेन्दोमाया नाच गानका अतिरिक्त अन्य सांस्कृतिक कार्यक्रमहरू गर्ने प्रचलन रहेको पाइन्छ । तामाङहरूको परम्परागत चालचलनहरू (मुखिया प्रथा, कृषी तथा पशुपालन, घोडचढी, सिमेभूमे व्यवस्थापन, झाङ्ग्री र लामा आदि) को नाटकीय रुपमा प्रदर्शन गरिने गर्दछ । यी चेमाहरू मध्ये घोडचढी नाच राष्ट्रिय ल्होछार कार्यक्रममा समेत प्रदर्शन गरिएको छ भने भिडियो समेत निर्माण भएको छ ।
तामाङ लोकजीवनमा घटेका बिभित परम्पराको समिश्रण छेचीमा प्रदर्शन गरिन्छ । छेचीमा सबै देवदेवी देखि भुतप्रेतसम्मलाई सम्बोधन गरिने हुनाले समय फलदायी हुने जनविश्वास छ । छेचीमा गाउँसमाजका गन्यमान्य, मुखे, लम्बु, व्हाइपोम्पो, लामा, बोन्पोले आ आफ्नो ठाउँबाट सहयोग गर्दछन् । तामाङ समाजको महत्त्वपूर्ण सामाजिक शक्तिहरूले आशिर्वाद माग्ने र दिने हुनाले गाउँ समाजमा सुख, शान्ति र समृद्घि कायम हुने विश्वास गरिन्छ । यसमा प्रदर्शन गरिने प्रत्येक चेमाकोे जातीय, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, साहित्यिक र धार्मिक महत्त्व रहेको हुन्छ । छेचीलाई नै ल्होछारको रुपमा मान्दै आएको भनाई दार्खा गाविस वडा नं २, खल्चेत निवासी ९९ वर्षिया मेनजोम तामाङको छ ।
जनयुद्घको समय २०५७ देखि स्थगित अवस्थामा रहेको यो महत्त्वपूर्ण पर्वलाई गत वर्षदेखि स्थानीय युवाहरूको सक्रियतामा पुनः प्रचलनमा ल्याइएको हो । पौष २७ गते बसेको समितिको बैठकले गोपाल फ्युबा तामाङको संयोजकत्वमा १५ सदस्यीय सचिवालय गठन गरेको छ । सदस्यहरूमा बमबहादुर तामाङ, चोकबहादुर घले, चिरण तामाङ, किरण तामाङ, रोशन फ्युबा तामाङ, गङ्गालाल तामाङ, क्षितिज तामाङ, हिरावीर तामाङ, केवङ तामाङ, सुकबहादुर तामाङ, कृष्ण तामाङ, ज्यम्बलदोर्जे तामाङ, चकबहादुर तामाङ, सुक्च तामाङ रहेको छ । सल्लाहाकारमा समाजशाष्त्री बाबुराम फ्युवालाई चयन गरेको छ । साथै बैठकले “हाम्रो परम्परा, हाम्रो पहिचान जोगाई राखौ, सबैमा आह्वान” नारा समेत तय गरेको छ । ल्हाप्साङकार्पो म्युजिक तथा अनुसन्धान केन्द्रले छेची पर्वको बृत्तचित्र समेत बनाउने तय भएको छ ।

(फ्युबा छेची व्यवस्थापन समितिको प्रचार प्रसार संयोजक हुनुहुन्छ । )

essay writing services

765qwerty765