मगर जातिको प्रमुख नाच : कौरा !!!!

3643 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नेपालको अधिराज्यका विभिन्न क्षेत्रमा अवस्थित मगर समुदाय ,बिदेशी भूमिमा पनि त्यतिकै बसोबास रहेकोछ । विभिन्न ठाउँमा बसोबास गर्ने मगरहरुको आफ्नै आफ्नै सास्कृतिक अभ्यासहरू गर्दै आएकाछन । बाह्र मगरात क्षेत्रका मगरहरुको मौलिक सस्कृति र पहिचान झल्काउने खालका प्रचलित नाचहरु कौरा, सोरठी ,झ्याउरे ,सेरुन्गा, मारुनी, टप्पा, र हुर्रा हुन भने सेरुन्गा, लहरे, पैसरु नाच सुदुरपश्चिम तिरका खाम मगरहरुमा प्रचलित छन् भने हुर्रा नाच पुर्बी क्षेत्रतिर ।
कौरा नाच बिशेष गरि बाह्र मगरात क्षेत्रमा प्रचलित छ । कौरा नाच कहिले, कहा,कसरि शुरु भयो भन्ने बिषयमा विभिन्न तर्कहरु लगाएता पनि यो नाच बढी प्रचलित हुने ठाउका बुढापाका हरुको भनाईलाई आधार मानेर यो सामाग्री तयार पारिएको छ । नृत्य एउटा सास्कृतिक अभ्यास हो जस भित्र समाजको हरेक क्रियाकलापहरु प्रतिबिम्बित भएको हुन्छ । अर्थात् नृत्यलाई त्यहि समाजको सन्दर्भमा माने लगायो भने यसको अर्थले त्यस समाजको परिद्रिस्यलाई झल्कौछ । यस सन्दर्भमा तनहुका मगरहरुले कौरा नाचको अभ्यास कसरि गर्दै आईरहेका छन् भन्ने बारे उजागर गर्नु यस लेखको उदेस्य रहेकोछ ।
मगरहरुको मुख्य पेशामा कृषि हो । कृषि प्रणालीमा मगरहरुको आफ्नै परम्परा छ । पर्म प्रणाली मगरहरु बिच निकै प्रचलित छ| कुनै काममा सामुहिकता देखाउनु त मगरहरुको बिशेषता नै हो । मेलापात,घासदाउरा, भोजभातेरहरुमा मगरहरुको एक्यबद्दता देख्न सकिन्छ । त्यसतै मगरहरु जीवन पद्दति भनेको मनोरंजन पनि हो । जस मध्ये कौरा नाच पनि एक हो । ग्रामिण भेगका मानिसहरु प्रायजसो खेतबारीमा कोदालो,कुटो,हलो,अनि दाउराघास गर्दा हसिया बन्चरो लिई बिहान देखि साझसम्म अ-आफ्ना काममा तल्लिन भएका हुन्छन । दिनभरिको कामको थकाईलाई बिर्सन हस्यंग फस्यंग गर्दै कोदोको ढिडो,मकैको ढिडो ,कालो कोदोको रोटि होस् या हाडीमा भुटेको मकै आफ्नो घरमा जे पाकेकोछ । त्यही खाईवरी जोसिला युवाहरु दिउसोको मेलापातमा गरेको सल्लाहनुसार उही कोदाले साथीहरु तोकिएको ठाउमा जम्मा भई कुन गाउको कसको छोरीको घरमा जाने भनेर निर्णय भएपछी खैजडी र छिन्छुरी ( छ्याई छ्याई ) जस्ता बद्धयबदन बोकी गन्तव्यतिर लाग्छन । बाटोमा खैजडी बजाउदै जान्छन र खैजडी बजेको आवाज सुनेर आश गरि कान ठाडो पारि बडो उत्सुकताका साथ बस्छन । मेरो घरमा नआए पनि साथीले त बोलाई हल्छा नि भन्ने भावना राख्दै केटासंग बोल्न,नाच्न पाईहलिन्छ भन्दै कौतुहलता हुन्छन । केटीहरु आफु नाच्दा लगाउने ” झर्रा” आफै बन्दोबस्त गर्न थाल्छन । जसको घरमा गएपनि गाउका युवतीहरु मिलेर समूहमा नाच्ने गर्दछन । केटाहरु कतिको घरमा पुग्छन । घरमा पुगे पछी गीत गाएर गीतकै माध्यमबाट केटीलाई बोलाउछन । केटीलाई बोलाउनु भन्दा पहिले प्रारम्भमा त्यस ठाउका बरहदेवी देवताहरुलाई पुकारी शरण माग्छन ।
छिम्केश्वरी माई हाम्रो रक्षा गरन /

पर्छौ हामी तिम्रै शरण //
पुर्व दिशा मनकामना पश्चिम दिशा छिम्के माई /
रक्षा गर हामी सबैलाई //
यसरी एकदुई चरण गीत गाउदै गाउदै घरको मुली वा कतिको आमाले ढोका खोल्छन र कुना ठाउ वा गाउको युवाहरु हो । सोधपुछ गरेर छोरीलाई बेलिबिस्तार सुनाउछन । केटी आफै आउदिनन सम्पूर्ण कुरा बोई-मोई ( बाबा आमा) को अनुमतिले मात्र गर्नु पर्ने हुन्छ । छोरीलाई उठाएर सुकुल,गुन्द्री, ओछ्याउने अनुमति दीइन्छ । कतिले गुन्द्री ओछ्याउने बित्तिकै त्यतिकै थ्याच्च बस्दैनन । फेरी गीतकै माध्यमबाट बस्ने अनुमति माग्छन ।
सन्चो र बिसन्चो सोधनी हामीले गरेनौ
बस्यौ हामी हरैहर //
आगनीको छेवैमा सुकुल,गुन्द्री माथी
बस्यौ हामी सबै साथी //
यसरी गीतको माध्यम बाट बस्ने अनुमति मागीसके पछी गीतकै माध्यम बाट केटीलाई नाच्न बोलाउछन । यतिखेर छोरीले आमालाई गाउका साथीहरुलाई बोलाउन पठाऊ छिन । एकछिन पछी गाउका केटीहरु त्यस घरमा आएपछि केटाहरुले केटीहरुलाई यसरी भाका हाल्दै डाकछन् ।
नजर जुधाई हासीहासी हातको पारा लगाउदै
आऊ है माया छमछम गर्दै //
चिम्टी,काटा लगाएर लाली,पाउडर धसी
आऊ है माया हासीहासी //
गीतको माध्यम बाट डाकेपछी मात्र केटीहरु नाच्न थाल्छन ,नत्र त्यतिकै गएर नाचदैनन । केटीहरु आएपछि केटाहरु खुशी भएर फेरी गाउन थाल्छन ।
कहिले भेट होला र मायासंग बोलौला
झैँ मात्र लाग्थ्यो यो मनमा //
भेट हाम्रो नहुदा यो मन थिइन स्थिरैमा
भेटै भयो सलाम शिरैमा //
यसरी गीतहरु गाउदै दिन भरिको दुख बिसाउछन । केटीको घरमा पुगेपछि केटाहरुले “कान-राहा कान-राहा” भन्दै केटीलाई थाहा दिन्छन । कान राहा कान राहा (हामी आयौ,हामी आयौ) भन्दा भन्दै यो नाचको नामै कान राहा बन्न पुग्यो । पछी कान-राहा अपभ्रम्श भएर ” कौराहा ” शब्द बनेको हो र कौराहा बाट आजभोली ” कौरा ” भएको हो भन्ने कुरा पुष्टि भए पछी कौराको एतिहासिक नाम ” कान-राहा ” (हामी आयौ ) हो भन्नेमा दूइमत छैन । यो कौरा नाचलाई खस भाषामा चुड्का भन्ने गरिन्छ । यो नाच प्राय फागुनको फागुपुर्णिमा देखि असर महिनासम्म नचाउने गरिन्छ । फागुन देखि असर मसान्त भित्रसम्म पर्ने प्रत्येक चाड पर्वमा केटीहरुले कौरा भोज खुवाउने चलन अझै पनि गाउघरमा हटेको छैन । केटीहरुले रुमाल वा पछ्यौरीमा चुरोट,सुपारी,सलाई पोको पारि निम्तोको पोको गाउको मुली केटाको हातमा थम्याई दिएपछि मुली केटाले सम्पूर्ण केटाहरुलाई बाड्दै हिड्छ र केटाहरु समूह बनेर केटीको घरमा गई कौरा भोज खान्छन । कौरा एउटा मगर जातिको मौलिक सस्कृति हो । जसरी यो लोक सस्कृति सुचारु रुपले चल्दै जान्छ । हाम्रो पुर्ख्यौली सस्कृति पनि जीवित रहन्छ । केटीले केटालाई आकर्षण गर्नु पत्र कौराको बिशेषता होइन । यो हाम्रो मौलिक सस्कृतिको धरोहर पनि हो । यस भित्र आफ्नै कथा छ, आफ्नै ब्यथा छ । त्यसैले भन्नेहरुले केटा केटीको माया प्रेम गर्ने थलोको रुपमा लिए पनि यो हाम्रो मौलिक सस्कृति हो ।
( मगर पत्रिका ” लाङ्घा ” )

zp8497586rq