मध्यमाञ्चाल बुद्धिचालमा १० खेलाडी छनौट

531 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ ३० पुस – प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप– २०७० अन्र्तगत मध्यमान्चल क्षेत्रीय बुद्धिचाल छनौट प्रतियोगिता १० जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन्
धनुषाका हिमाल लामा, काठमाण्डौका नविन तण्ुकार, ललितपुरका सजिन महर्जन, भक्तपुरका गणेशमान दुवाल, कामाण्डौका प्रेमकृष्ण महर्जन, मकवानपुरका धरमबहादुर लामा, ललितपुरका रत्न व्यञ्जनकार, रौतहटका पुरुषेत्तम चौलागाई, काठमाण्डौका जनार्दन श्रेष्ठ र सुरज पंडित छनौट भएको नेपाल बुद्धिचालसंघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजुले बताउनुभयो ।
लामाले सबै खेलाडीहरुलाई पछि पार्दै ६ अंक प्राप्त गरेका छन् । गत वर्षका राष्ट्रिय चयाम्पियन तण्डुकार ५ दशमलब ५ अंक प्राप्त गरि दोश्रो स्थानमा रहेका छन् ।
गत शनिबारबाट धादिङबेसीमा सुरु भएको प्रतियोगिता मंगलबार समापन गरिएको छ । मध्यमाञ्चल विकास क्षेत्रका १४ जिल्लाका ४४ जना खेलाडीहरुको प्रतियोगितामा सहभागिता रहेको आयोजकले जानाएको छ ।

नेपाल बुद्धिचाल संघको आयोजना र धादिङ्ग जिल्ला बुद्धिचाल संघको ब्यवस्थापनामा संचालित खेलका छनौट भएका १० जना खेलाडीहरुले राष्ट्रिय च्याम्पियनशिपका लागि प्रतिस्पर्दा गर्न पाउने छन् ।

zp8497586rq