माउसबिनै यसरी चलाऔं कम्प्युटर

791 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ,  – कम्प्युटर चलाउदा कहिले माउसमा त कहिले किबोर्डमा हात सारिरहँदा झञ्झटिलो महशुस गर्नुभएको छ ?

यदि छ भने त्यो झञ्झटबाट मुक्त हुन धेरै उपायहरु छन् । माउसले गर्ने कतिपय कामहरु किबोर्डको ‘सट की’ बाटै गर्न सकिन्छ ।

यदि तपाईं इन्टरनेट ब्राउजर गुगल क्रोम वा मोजिला फायरफक्समा काम गरिरहनुभएको छ र नयाँ ट्याब खोल्नुपरेमा ctrl+T र बन्द गर्नुपरेमा ctrl+W वटन थिच्न सक्नुहुन्छ । यदि तपाईंले झुक्किएर कुनै ट्याब बन्द गरिहालेमा पनि चिन्ता नलिनुस् । किनकी  ctrl+shift+ T थिचेमा त्यो ट्याब फेरि खुल्नेछ ।

माइक्रोसफ्ट वर्डमा फन्ट साइज घटाउन परेमा ctrl+[ र बढाउनुपरेमा  ctrl+] दबाएर आवश्यकताअनुसार फन्ट साइज बनाउन सकिन्छ । यदि तपाईंले ब्राउजर खोल्नुभएको छ र त्यसको साइज घटाउन परे ctrl- र  बढाउनुपरे ctrl+ थिचेमा माउसको भर परिरहनुपर्दैन । यदि तपाईं ल्यापटप चलाइरहनुभएको छ र अल्फाबेटमाथि रहेका बटन प्रयोग गरिरहनुभएको छ भने कन्ट्रोलसँगै सिफ्ट बटन पनि थिच्नु जरुरी छ ।

यदि एकै समय धेरै विन्डो या एप्लिकेसन खोलेर काम गरिरहनुभएको छ र हरेक समय अर्को विन्डो वा एप्लिकेसनमा जान माउस प्रयोग गरिरहनु झन्झटिलो हुन्छ । यसका लागि तपाईले  alt+tab को प्रयोग गर्न सक्नुहुन्छ । विन्डोज सेभेन वा विन्डोज एटमा भने तपाईले विन्डो बटनका साथै ट्याबपनि सँगै दबाउनुपर्नेहुन्छ । तपाईले shift+Del एकैसाथ दबाएर कुनै पनि फाइल डिलिट गर्न सक्नुहुन्छ ।

यस्तै तपाईलाई कामको सिलसिलामा कुनै स्क्रिन सट लिनुपर्‍यो भने तपाईले डेक्सटपमा print screen र ल्यापटपमा Fn+ print screen दबाएर पेन्ट या फोटोसपमा नयाँ फाइल खोलेर पेस्ट गर्न सक्नुहुन्छ । यस्तै वर्ड फाइलमा शब्द गन्नुपरेमा वर्ड काउन्ट टुल प्रयोग गर्न सक्छौ । तर धेरैलाई यो टुल कता हुन्छ भनेर थाहा नहुन सक्छ । त्यसैले alt+T+W बटन एकैसाथ दबाएर वर्ड फाइलमा कति शब्द छ थाहा पाउन सक्छौं ।

यदि तपाईले विन्डो वा ऐप खोलिरहनुभएको छ र सिधै होम स्क्रिनमा जानुपरेमा सबै प्रोगामलाई एकएक गरेर बन्द गरिरहनु आवश्यक छैन । केबल विन्डोज बटनसँगै डि बटन दबाएमा होम स्क्रिनमा पुग्न सकिन्छ ।

यस्तै कम्प्युटर लक गर्नुपरेमा पनि विन्डोजको साथमा एल बटन थिचे पुग्छ । यस्तै सबै विन्डोज र एप्लिकेशन मिनिमाइज गर्नका लागि विन्डोज बटनका साथ एम र म्याक्सिमाइज गर्नका लागि विन्डोज बटनका साथमा सिफ्ट र एम बटन एकैसाथ दबाउन सकिन्छ ।

-उज्यालो अनलाईनबाट