धादिङ् रेडक्रस का सभापति इश्वरी अधिकारी चढेको गाडीमा आगलागी

573 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गोरखा,- गोरखा सदरमुकामको नगरपालिका चोकमा बिहिबार दिउसो गुडिरहेको गाडीमा आगलागी भएको छ । गोरखाबाट धादिङ्गतर्फ गइरहेको नेपाल रेडक्रस सोसाइटी धादिङ्ग शाखाका सभापति इश्वरी अधिकारी चढेको बा ३ च ५३९८ नंबरको टोयटा गाडी दिउसो सवा चार बजेतिर गुडिरहेको अबस्थामा आगलागी भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । आगालागीबाट गाडी क्षतिग्रस्त भएको ट्राफिक प्रबक्ता दुर्गाप्रसाद बञ्जाडेले जानकारी दिए ।
‘गाडी चेकजाँचका लागि प्रहरीले रोकेका बेला इञ्जिनमा आगो लागेको देखियो’ बञ्जाडेले भने ‘अनि सबैलाई हतार हतार गरेर ओरालेर बचाइयो मानवीय क्षति हुन पाएन, गाडी चाहिँ धेरै क्षति भएको छ ।’ इञ्जिन वायरिङ्गमा करेन्ट सर्ट भएर आगालागी भएको अनुमान गरिएको छ । अहिले गाडी खोलखोले स्थित ग्यारेजमा रहेको उनले बताए । सभापती अधिकारीले मोटरमा क्षती भएपनी आफु सुरक्षित रहेको बताएका छन । अधिकारी अन्तररास्ट्रिय रेडक्रस समिती आईसीआरसी ले गोरखामा आयोजना गरेको कार्यक्रममा भाग लिएर धादिङ फर्कने क्रममा सो दुर्घटना भएको हो । अधिकारी बिहीवार रातिनै धादिङ आएका हुन ।