धादिङ मेलाको तयारी पुरा भएको आयोजकको दाबी (अध्यक्ष कल्पना अधिकारीद्वारा जारी प्रेस बिज्ञप्ती )

544 पटक पढिएको

सम्पादक: Dhadingnews.com

                                                        प्रेस विज्ञप्ती
मितिः२०७०÷१०÷१४
पत्रकार मित्रहरु !
उद्योग वाणिज्य संघ धादिङको निमन्त्रणालाई स्वीकार गर्दै यस पत्रकार सम्मेलनमा उपस्थित हुनुहुने सम्पूर्ण पत्रकार मित्रहरुलाई हार्दिक स्वागत गर्दछु । आगामी २०७० साल माघ १५ देखि २३ गते सम्म  उद्योग वाणिज्य संघ धादिङको आयोजनामा धादिङवेशीको खुल्ला मञ्च प्रांगणमा हुने बृहत कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला को सम्पूर्ण तयारी लगभग सकिएको सगौरव जानकारी गराउँछु । धादिङ जिल्लाको ब्यवसायीक तथा पर्यटकीय पहिचानलाई अभिबृद्धि गर्दै ब्यवसायिक रुपमा कृषि, पर्यटन र उद्योगको प्रबद्र्धन गर्न यो मेला एउटा कोषे ढुंगा सावित हुने विश्वास पत्रकार मित्रहरुका सामू ब्यक्त गर्न चाहन्छु ।
जिल्लाको ब्यवसायिक कृषि क्षेत्रको प्रचुर सम्भावनालाई अझै अभिबृद्धि गर्दै कृषिलाई जिल्लाको प्रमुख उद्योगको रुपमा स्थापित गर्न, राजधानी काठमाडौँ को उद्योगलाई प्रतिस्थापन गर्दा उपयुक्त विकल्पको रुपमा धादिङ जिल्लामा ठूला उद्योगहरु स्थापना गर्न सकिने सम्भाव्यतालाई स्थापित गर्न र पर्यटकीय गन्तब्यहरुले भरिपूर्ण धादिङ जिल्लाका सुन्दर र रमणीय स्थानहरुको प्रबद्र्धन गर्न उद्योग वाणिज्य संघ धादिङले आयोजना गर्न लागेको बृहत कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेलाले अवस्यपनि महत्वपूण योगदान गर्नेछ भन्न कुरामा हामी विश्वस्त छौँ । १५० भन्दा बढि प्रजातीका बहूमुल्य जडिबुटिहरु, रुविढुंगा, गन्धक, स्लेट ढुंगा, जस्ता जस्ता बहूमुल्य धातुहरु लाई बजारीकरण गर्न सके धादिङको आर्थिक विकासलाई गुणात्मक रुपमा अघि बढाउन सकिने सम्भावना छ । ग्रामीण पर्यटनका लागि रमणीय होम स्टे कार्यक्रमहरुपनि धादिङमा शुरुवात भैरहेका छन् । जिल्लाका विभिद संस्कृति र पर्यटकीय सम्भावनाहरुलाई पनि यो मेलाले अवस्य पनि प्रबर्धन गर्नेछ ।
कृषि, उद्योग र पर्यटनको ब्यापक सम्भावना, सम्बृद्ध धादिङ हाम्रो परिकल्पना भन्ने मूल नाराका साथ आयोजना गन लागिएको बृहत कृषि, पर्यटन तथा औद्योगिक मेलाको तयारी लगभग पुरा भएको छ ।   मेलामा कूल १४८ वटा स्टलहरु रहेका छन् । सवै स्टलहरु बुकिङ भैसकेका छन् भने समग्र धादिङको विकासका लागि विभिन्न विषयगत कार्यशाला गोष्ठीहरु पनि मेला अवधिमा गर्ने तयारी भैरहेका छन् । जिल्लामा उत्पादिन उपभोग्य तथा घरेलु सामाग्रीको प्रदर्शनी, कृषि प्रदर्शनी, पर्यटन गन्तब्यहरुको फोटो तथा डकुमेन्ट्री प्रदर्शनी, हेलिकप्टरबाट पर्यटकीय स्थलको अवलोकन, साइक्लिङ, प्यारा ग्लाइडीङ जस्ता गतिविधि मेला अवधिमा हुनेछन् । दैनिक रुपमा जिल्लाका विभिन्न जातजातीका सांस्कृतिक झाँकीहरु र गीत संगीत प्रस्तुती सहित राष्ट्रिय कलाकारहरुबाट विशेष साँस्कृतिक कार्यक्रम र प्रहसन पनि मेलामा दैनिक रुपमा प्रस्तुत हुनेछन् । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने जिल्ला, राजधानीबाट सवैभन्दा नजिकको आकर्षक पर्यटकीय गन्तब्यको जिल्ला र वैकल्पीक औद्योगिक क्षेत्र रहने जिल्लाको रुपमा धादिङलाई स्थापित गर्न तपाईँ पत्रकारहरुको महत्वपूर्ण सहयोग र साथको अपेक्षा गर्दछु ।

कल्पना अधिकारी
संयोजक
बृहत कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला धादिङ–२०७०
उद्योग वाणिज्य संघ धादिङ ।