जन्मथलोको विद्यालयको रजत महोत्वसलाई धमलाको टेलिफोन संबोधन

655 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, १४ माघ । आफ्नो जन्मथलो धादिङको ज्यामरुङ २ रहेको एक विद्यालयको रजत महोत्वसको कार्यक्रमलाई रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले काठमाडौबाटै टेलिफोनबाट संबोधन गरेका छन ।
मगलवार आयोजना गरिएको चण्डेश्वर निम्न माध्यमिक विद्यालयको रजत महोत्सव कार्यक्रममा विशिष्ट अतिथिको रुपमा निम्तो पाएका धमला कार्यक्रममा उपस्थित हुन नसकेपछि आयोजकले टेलिफोनमै धमलाको संबोधन उपस्थतिलाई सुनाएका थिए ।
प्रमुख अतिथि नेकपा एमाले बाट धादिङ क्षेत्र नम्बर २ बाट विजयी सभासद गरु बुर्लाकोटीको प्रमुख आथित्यमा भएको कार्यक्रमलाई टेलिफोन संबोधन गर्दै धमलाले विद्यालयले स्थापनाको २५ औ वर्ष पुरा गरेकोमा सबैलाई सुभकामना र बधाई दिदै विद्यालयको भौतिक विकासको लागि आफूले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
उनले विद्यालयको लागि आफूले तत्कालै पुस्तकालय स्थापना गर्न पहल गर्ने भन्दै सबैले विद्यालयलाइ माध्यमिक तहसम्मकोलागि प्रयास र सहयोग गर्नु पर्ने बताए ।
उनले शिक्षालाई राजनीतिबाट मुक्त नगरेसम्म गुणस्तरीय शिक्षाको विकास हुन नसक्ने भन्दै आफूले शिक्षालाई राजनीतिबाट मुक्त गर्न पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।