नौविसे-पिप्लामोड सडकमा दैनिक ८ घण्टा गाडी चलाउन रोक

707 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

काडमाडौं : सडक विभागले माघ २६ गतेदेखि १५ दिनसम्म त्रिभुवन राजपथमा राति सवारीसाधन चलाउन रोक लगाएको छ । विभागले काठमाडौं भित्रने र बाहिरिने मुख्य राजमार्ग पिप्लामोडदेखि नौबिसेसम्म राति ८ देखि बिहान ४ बजेसम्म सवारी साधन आउजाउमा रोक लगाएको हो ।

 

नौबिसे-पिप्लामोड सडक खण्डको घुम्तीहरुमा सडक फराकिलो र कंक्रिटिङ गर्न लागिएकोले सो समयमा कुनै पनि सवारीसाधन चलाउन नपाइने व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै माघ २६ गतेदेखि लगातार १५ दिन राति ८ देखि बिहान ४ बजेसम्म ८ घण्टा सवारीसाधन आवागमनमा रोक लगाइएको जनाएको छ ।

विभागले उक्त समय अघि वा पछि मात्रै आफ्ना सवारीसाधन चलाउन सबै सरोकारवालाहरुलाई अनुरोध गरेको छ । विभागले सडक मर्मतको समयमा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायचना समेत गरेको छ ।

अन्नपूर्ण  अनलाईनबाट