धादिङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुँदै

658 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले यही चैत्र २६ गते देखी २८ गते सम्म तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता २०७० धादिङमा सञ्चालन गर्ने भएको छ । धादिङ जिल्लामा खेलकुदको गतिविधि बढाउनका लागि धादिङमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता २०७० गर्न लागिएको धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीले जानकारी दिनु भयो । यसै गरी तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता २०७० मा छात्र÷छात्रा तर्फको लागि हाइजम्प, लङ्गजम्प,
त्रिपलजम्प, रिले दौड जस्ता खेलहरु हुने र निर्वाचन क्षेत्र स्तरको प्रतियोगिता प्रथम, द्धितीय, तृतीय हुने खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराउने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीले बताउनु भयो । त्यसै गरी तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता– २०७०को लागि निर्वाचन क्षेत्र स्तरीय खेलहरु निर्वाचन क्षेत्र नंय १ मा यही फागुन २ देखी ४ गतेसम्म, निर्वाचन क्षेत्र नंय २ मा यही फागुन ६ देखी ८ गते सम्म र निर्वाचन क्षेत्र नं.३ मा यही फागुन १५ देखी १७ गतेसम्म सञ्चालन गरिने भएको छ ।
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता– २०७०मा भाग लीनको लागि निर्वाचन क्षेत्र नं. १मा यही माघ ३० गतेसम्म मण्डली उमावि फूलखर्कमा, निर्वाचन क्षेत्र नंय २ मा यही फागुन ४ गते सम्म चिड्रेनपार्क उमावि धादिङबेंसीमा र निर्वाचन क्षेत्र नंय ३ मा यही फागुन १२ गतेसम्म जनकल्याण उमावि बैरेनी मासटारमा फाराम दर्ता गराई सक्नु पर्ने पनि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीले
बताउनुभयो जनमुक्ती मार्ग साप्ताहिकले खबर छापेकोछ ।