पूर्व लडाकू यम बहादुर अधिकारीलाई महासेनानीको दर्ज्यानी

672 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

जनयुद्व दिवसकै दिन पूर्व लडाकू यम बहादुर अधिकारीलाई महासेनानीको दर्ज्यानी

काठमाण्डौ -प्रधानसेनापति गौरव शम्शेर राणाले जनयुद्ध लडेर आएका माओवादीका पूर्व लडाकु तथा महासेनानीमा पदोन्नती भएका प्रमुख सेनानी यम बहादुर अधिकारीलाई महा सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन। एमाओवादीले जनयुद्ध थालेकै दिन पूर्व डिभिजन कमाण्डर अधिकारीले फूल कर्नेलको फूली लगाउने ‘सौभाग्य’ पाएका हुन् । जनयुद्ध शुरु भएकै दिन फूल कर्नेलको फूली लगाएका अधिकारी यस्ता पूर्व कमाण्डर हुन् जसले युद्धकालमा कृष्णभीर धादिङमा नेपाली सेनासँग आमनेसामने युद्धको नेतृत्व गरेका थिए । बिहीबार जंगी अड्डामा आयोजित एक समारोहका बिच माओवादी लडाकूबाट नेपाली सेनामा समायोजन भएका अधिकारीलाई राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयमा पदस्थापन गरिनुका साथै दर्ज्यानी चिन्ह दिएको हो । सरकारले माघ २३ गते अधिकारीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको थियो । नेपाली सेनाका एक उच्च अधिकारीले भने यसलाई एउटा संयोग मात्र भनेका छन मुलधारन्युज डट कम ले खबर लेखेको छ । ।