शनिवार एक दिन केबलकार बन्द हुने

513 पटक पढिएको

सम्पादक: Dhadingnews.com

चितवन, फागुन २ –  नेपालकै पहिलो मनकामना केबलकार ( भोलि) शनिवार एक दिन बन्द गरिने भएको छ । images (2)मनकामना केबलकारका संस्थापक एवम सञ्चालक संस्था मनकामना दर्शन प्रालिका अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठको निधनका कारण उनि प्रति शोक ब्यक्त गर्न शनिवार पूरै दिन केबलकार बन्द गर्न लागिएको हो ।
केवुलकारका संस्थापक अध्यक्ष श्रेष्ठ प्रति शोक व्यक्त गर्न एक दिनका लागि सेवा बन्द गर्न लागिएको केबलकारका स्टेशन मेनेजर डिएन् कायस्थले बताएका छन । व्यापारिक प्रतिष्ठान चितवन कोई ग्रुपद्धारा निर्माण गरिएको मनकामना केवलकारको संचालक संस्था मनकामना दर्शन प्रालिले चितवनको दारेचोक गाविसमा पर्ने पृथ्वीराजमार्गको चेरेसदेखि गोरखाको मनकामना मन्दिरसम्म नेपालमै पहिलो पटक केबलकार सञ्चालनमा ल्याएको थियो । कम्पनीका अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठको उपचारका सिलसिलामा फागुन १ गते राति भारतको मेदान्त अस्पतालमा निधन भएकोे हो ।
गोरखा सदरमुकामको चौबीस कोठीमा विसं १९९४ सालमा जन्मिएका ७६ बर्षिय श्रेष्ठ दुई वर्षयता मधुमेह र मृगौला सम्बन्धी समस्याबाट पीडित रहेका थिए । नियमित डायलाइसिस गराउंदै आएका श्रेष्ठलाई उपचारका लागि एक हप्ताअघि दिल्ली लगिएको आफन्तहरुले बताएका छन् । श्रेष्ठको शव शनिबार बिहान काठमाडौं ल्याइने र श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताईएको छ ।