अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा ११ देशको प्रस्तुति

717 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं। नेपाल जर्मनी, श्रीलंका, भारत, इन्डोनेसिया, इरान, घाना, कोरिया, मेक्सिको, बङगलादेश र इजरायल गरी ११ देशका तीन सय भन्दा बढी कलाकारले नेपालका लोक नृत्य एवँ सँगीत प्रस्तुत गर्ने भएका छन्। एभरेष्ट नेपाल कल्चरल ग्रुपले १४ फागुनबाट २३ फागुनसम्म देशका विभिन्न स्थानमा गर्न लागेको ‘सातौं अन्तराष्ट्रिय लोक साँस्कृतिक मेला–२०७०’मा उनीहरुको कला सँस्कृति हेर्न पाईने भएको छ।1604492_812366318778944_357986301_n
महोत्सबलाई लोक साँस्कृतिक कार्यक्रमको बृहत्तर सँगमको रुपमा आयोजक पक्षले व्याख्या गरेको छ। विभिन्न देशका लोक नृत्य एवँ लोक सँस्कृति आदन प्रदानको लागि हरेक दुई वर्षमा आफुहरुले यस्तो मेला गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष रामचन्द्र कोईरालाले नयाँ विकल्पलाई जानकारी गराए।
महोत्सब निर्देशक नारायण रायमाझीका अनुसार यसपटकको महोत्सव काठमाण्डौ, हेटौडा, धादिङ, पोखरा र ललितपुर आयोजना गरिने भएको छ। यो मेलाले नेपालको विविध संस्कृती, पुरातत्वीक र अन्य पर्यटकिय स्थल तथा प्रकृतीको बारे विश्वसामु प्रचार–प्रसार हुने धारणा पनि कार्यक्रममा रायमाझीले राखे। यो मेला काठमाडौंबाट सुरु भई हेटौंडा, पोखरा, धादिङ, ललितपुर हुँदै पुन काठमाडौंमा आएर समापन हुने पनि उनले जानकारी गराए।
‘यो महोत्सव अवधीभर कलाकारहरुले आ–आफ्ननो संस्कृति झल्कने भेष–भुषा लगाई पद यात्रा
(र्या ली) गर्ने छन्। उनीहरुले सो क्रममा आफ्नो लोक गीत, संगीत र लोक नृत्य प्रस्तुत गर्ने छन्।’ अध्यक्ष कोईरालाले भने,’२०५९बाट सुरु गरेको यो महोत्सबमा अहिलेसम्म ४५ देशका २५ सय भन्दा बढी कलाकारले नेपाल आएर आफ्नो लोक नृत्य, सँगीत एवँ सँस्कृति प्रस्तुत गरिसकेका छन्।’ आफ्नो समुहले पनि विश्वको ५० भन्दा बढी मुलुकमा गई प्रत्यक्ष रुपमा नेपाली लोक संस्कृती प्रस्तुत गरिसकेको पनि कोईरालाले जानकारी गराए।
सो मेलाको हेटौंडा सँयोजक ऋषीलाल श्रेष्ठ र धादिङ सँयोजक चन्द्रकान्त अधिकारीका अनुसार पनि उनीहरुको आ–आफ्नो क्षेत्रमा महोत्सबको तयारी धमाधम भइरहेको छ। आफुहरु महोत्सब भव्य तुल्याउन सक्रिय रुपमा लागेको पनि उनीहरुले बताएका छन्।