अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला धादिङमा

557 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,-राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको अवसर पारेर धादिङमा अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला हुने भएको छ । 1604492_812366318778944_357986301_n
यहि फागुन १७ गते देखि धादिङको पिडा गाविसको वडा नम्बर २ गलौंदी स्थित त्रिशुली नदी किनारमा हुन लागेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको पांचौं दिन नेपाल जर्मनी, श्रीलंका, भारत, इन्डोनेसिया, इरान, घाना, कोरिया, मेक्सिको, बङगलादेश र इजरायल गरी ११ देशका तीन सय भन्दा बढी कलाकारको टोलीले आ–आफ्नो देशका लोक नृत्य एवं संगीत प्रस्तुत गर्ने भएका हुन्।
एभरेष्ट नेपाल कल्चरल ग्रुपले १४ फागुनबाट २३ फागुनसम्म देशका विभिन्न स्थानमा गर्न लागेको ‘सातौं अन्तराष्ट्रिय लोक साँस्कृतिक मेला–२०७०’का क्रममा धादिङमा पनि अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला हुन लागेको हो । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार,कृषि जलश्रोत ,पर्यटन तथा उद्योगको पुर्वाधार’ भन्ने नाराका साथ फागुन १७ गते देखि २५ गते सम्म त्रिशुली नदी किनारमा हुन लागेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन लोक साँस्कृतिक कार्यक्रम प्रभावकारी हुने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम महोत्सव आयोजक मुल समितिका संयोजक चन्द्रकान्त अधिकारीले वताएका छन ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपले विभिन्न देशका लोक नृत्य एवँ लोक सँस्कृति आदन प्रदानको लागि हरेक दुई वर्षमा यस्तो बृहत्तर मेला गर्दै आएको कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईरालाले बताए ।
यसपटकको अन्तराष्ट्रिय सांगितिक महोत्सव काठमाण्डौ, हेटौडा, धादिङ, पोखरा र ललितपुरमा आयोजना गरिने छ । यो मेलाले नेपालको विविध संस्कृती, पुरातात्वीक र अन्य पर्यटकिय स्थल तथा प्रकृतीको बारे विश्वसामु प्रचार–प्रसार हुने बताईएको छ । काठमाडौंबाट सुरु भई हेटौंडा, पोखरा, धादिङ, ललितपुर हुँदै पुन काठमाडौंमा आएर सांगितिक मेला समापन हुने कोईरालाले वताएका छन । महोत्सव अवधीभर विभिन्न देशका कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने भेष–भुषा लगाई पद यात्राका साथै आफ्नो देशको लोक गीत, संगीत र लोक नृत्य प्रस्तुत गर्ने छन्।
नेपालमा २०५९बाट सुरु भएको अन्र्तराष्ट्रिय सांगितिक महोत्सबमा अहिलेसम्म ४५ देशका २५ सय भन्दा बढी कलाकार नेपाल आएर आफ्नो लोक नृत्य, सँगीत एवँ सँस्कृति प्रस्तुत गरिसकेको वताईएको छ । नेपाली कलाकार समुहले पनि यहि कार्यक्रम मार्फत विश्वको ५० भन्दा बढी मुलुकमा गई प्रत्यक्ष रुपमा नेपाली लोक संस्कृती प्रस्तुत गरिसकेको कोईरालाले बताए ।