कोडवाडामा मारिएका परिवारको विचल्ली

637 पटक पढिएको

सम्पादक: Dhadingnews.com

जोगीमारा (धादिङ),- घरको आर्थिक अभाव पूरा गर्न कामको खोजीमा ११ वर्षअघि कालीकोट जिल्लाको कोडवाडा विमानस्थल पुग्नुभएका जोगीमाराका १५ वषर्ीय मञ्जु थापा त्यसपछि कहिल्यै घर र्फकनुभएन ।
कामको खोजीमा उहाासागै जोगीमाराबाट मङ्सिर १२ गते कालीकोट गएको १५ परिवारका १७ जना निहत्था सर्वसाधारणको तीन महिना पनि नबित्दै तत्कालीन शाही नेपाली सेनाले गरेको अपरेसनमा परेर मृत्यु भयो । आर्थिक अभाव र गरिबीमा बााचिरहेका पीडित परिवारहरूले अझसम्म पनि उनीहरू मरेका वा बााचेका खबर औपचारिक रूपमा पाउन सकेका छैनन् ।
राज्यले उनीहरूको मृत्युको औपचारिक पुष्टि अझै गरेको छैन । उनीहरूसागै अन्य जिल्लाका १८ जना पनि सेनाको हवाई अपरेसनका क्रममा मारिएका थिए ।
देशमा सङ्कटकाल सुरु भएको तीन महिनापछि २०५८ साल फागुन ११ गते ३५ जना एकै चिहान भएका थिए । “कि त लास देऊ कि त सास देऊ” भन्ने उनीहरूमध्ये १३ परिवारले त परम्परागत मान्यताअनुरूप कुशको लास बनाई दाहसंस्कारसमेत गरिसकेका छन् । दुई परिवारले भने आर्थिक अभावका कारण अझैसम्म दाहसंस्कार गर्न सकेका छैनन् ।
घरका भरपर्दा व्यक्तिहरूको मृत्युको खबरले शोकाकुल बनेका पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनु त कता हो कता उल्टो सास्ती दिएको उनीहरूको आरोप छ ।
मञ्जु थापाका बुबा डम्बरबहादुरले छोराको मृत्युको खबर रेडियोबाट सुनेको बताउादै छोरा खोज्न कालीकोट जान खोज्दा सेनाले जान नदिएको कटु अनुभव पनि सुनाउनुभयो । उहााले घटनापछि सेनाले आफूलाई माओवादीको आरोप लगाउादै चार दिनसम्म हिरासतमा राखी यातना दिएको पनि बताउनुभयो । घटना हुनु एक महिनाअघि सो स्थलबाट भागेर घर आउनुभएका मञ्जुका भाइ गोपालले घर फर्केपछि सेनाले आफूलाई मार्ने धम्की दिएको बताउनुभयो ।
मञ्जुका बुबा डम्बरले राज्यले मृतक परिवारलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने बताउादै निर्दोष सर्वसाधारणलाई मार्ने सुरक्षाकर्मीहरूलाई कारबाही हुनुपर्ने बताउनुभयो ।
सोही घटनामा मारिएका ६० वषर्ीय चित्रबहादुर चेपाङकी श्रीमती सुकुमायाको पीडा पनि कम छैन । नौ महिनाकी छोरी छोडेर कोडवाडा पुगेका चित्रबहादुरको मृत्युपछि उहााको परिवार बिचल्लीमा परेको छ । बाबु मारिादा नौ महिनाकी छोरी पनि अहिले १२ वर्ष पुग्न थालेकी छिन् । उनलाई बाबु कसरी र किन मारिए भन्ने केही थाहा छैन । चित्रबहादुरकी कान्छी श्रीमती सुकुमायाले दुवैतर्फ गरी चार छोरी र तीन छोरा रहेको बताउादै दुई छोरीको अझै विवाह गर्न बााकी रहेको बताउनुभयो ।
घरको मूली मान्छै नै मारिएपछि बिहान बेलुका खान धौधौ परेको बताउने सुकुमायाले राज्यले आफूलाई कुनै प्रकारको सहयोग नगरेको बताउनुभयो । उहााले आˆना निर्दोष पति मारिादा राज्यले कुनै क्षतिपूर्ति नदिएको र सोधखोज गर्न नआएको बताउादै आˆनो पतिलाई मार्ने सुरक्षाकर्मीलाई कठघरामा उभ्याउनुपर्ने बताउनुभयो । खेतीकिसानी गरेर जीवन गुजारा गरिरहनुभएकी सुकुमायाले राज्यले पीडित पक्षलाई आर्थिक उपार्जनको रोजगारी सिर्जना गर्न माग गर्नुभयो । घटनामा चित्रबहादुरसागै आठजना चेपाङले ज्यान गुमाएका थिए । चेपाङ जातिलाई सरकारले लोपोन्मुख जातिका रूपमा सूचीकृत गरेको छ ।
घटनामा १५ वर्षका छोरा राजकुमार विक र भतिजाहरू सानुकान्छा र टेकबहादुर गुमाउनुभएकी मनमायाले राज्यले आफूहरूलाई बेवास्ता गरेको बताउादै आˆनो परिवारले मानसिक प्रताडना खेपिरहेको बताउनुभयो । “गएको मङ्सिरमा पति पनि बित्नुभो”, मनमायाले गोरखापत्रलाई भन्नुभयो, “कमाउने छोरा पनि गयो, एकजना छोरा खलाासी काम गर्छ । यो -कान्छो छोरालाई देखाउादै) भर्खरै ३ कक्षामा पढ्दैछ । जीवन गुजारा गर्न त गाह्रो भएको छ, यसलाई कसरी पढाउने ?”
केही समयअघि जर्मनीबाट आएका केही मानिसले लुगाफाटो दिएको उहाालाई झिनो सम्झना छ । “तर राज्यले खै के गर्‍यो र ?”, उहााले थप्नुभयो, “हामीले क्षतिपूर्ति त पाएनौा तर हाम्रा आफन्तलाई मार्ने दोषीलाई कारबाहीचाहिा हुनुपर्छ ।” पीडितमध्ये कतिपयले अब बन्ने नयाा सरकारले आˆनो पीडाको सुनुवाइ गर्नेमा आफूहरू आशावादी रहेको बताए ।
अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी -आईसीआरसी) नेपालले गठ्ठा-१ जोगीमारामा पीडितहरूसाग शुक्रबार अन्तरक्रिया गर्ने मौका जुराइदिादा उपस्थित पीडितहरूले एउटै स्वरमा भने, “राज्यले हाम्रा मान्छेका बारेमा औपचारिक जानकारी दिनैपर्छ । उचित क्षतिपूर्ति दिने मात्र होइन, निर्दोषहरूलाई मार्ने सुरक्षाकर्मीहरूमाथि कारबाही हुनुपर्छ ।”
जोगीमारामा मारिएका आठजना विवाहितमध्ये सातजनाका कलिला श्रीमती रहेका र दुईजना चेपाङले परम्पराअनुसार देवरसाग विवाह गरेका छन् ।
आईसीआरसी नेपालकी प्रमुख मेरी वनर्जले बेपत्ता परिवारका सन्दर्भमा वर्तमान कानुन अपर्याप्त रहेको बताउनुभएको छ । सशस्त्र द्वन्द्वकाल सुरु भएयता एक हजारभन्दा बढी व्यक्तिका परिवार आफन्तप्रति अनभिज्ञ रहेका छन् ।
माओवादी शान्तिप्रक्रियामा आएपछि राज्यले सत्य निरुपण मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गरे पनि यसले सम्बन्धित परिवारलाई सम्बोधन गरेको देखिएको छैन ।
सरकारले द्वन्द्वपीडितलाई आर्थिक सहयोग गर्ने निर्णयबमोजिम मृतक, घाइते वा अङ्गभङ्ग भएकालाई सहयोग गरे पनि औपचारिक रूपमा मृत्युको पुष्टि नभएका परिवारलाई भने कुनै सहयोग गरेको छैन ।
राष्ट्रिय मानवअधिकार आयोगले जोगीमाराका पीडित परिवारलाई जनही दुई लाख ७५ हजार रुपियाा दिन सरकारलाई सुझाव दिएको थियो । तर महिनौा बितिसक्दा पनि पीडितहरूले कुनै राहत भने पाउन सकेका छैनन् ।
घटनामा जोगीमारा गाउा विकास समिति वडा नं. ५ का १२ जना, वडा नं. १ का तीनजना र वडा नं. ४ का दुईजना मारिएका थिए । मारिनेमा तिलु प्रजा -चेपाङ), दिल्ला प्रजा -चेपाङ), शेरबहादुर प्रजा -चेपाङ), कुम्ले प्रजा -चेपाङ), रामबहादुर प्रजा -चेपाङ), विकास प्रजा -चेपाङ), कोषराङे प्रजा -चेपाङ), बुधबहादुर प्रजा -चेपाङ), एउटै परिवारका दाजुभाइ टेकबहादुर विक र सानुकान्छा, टेकबहादुर गुरुङ र गोकर्णबहादुर, राजकुमार श्रेष्ठ, राजकुमार विक, भीमबहादुर थापामगर, ज्ञानबहादुर थापामगर र मञ्जु थापामगर मारिएका थिए । घटनाबाट झक्कबहादुर बल्झानेमगर, गोकर्ण थापामगर र बेलबहादुर विक भागेर बााच्न सफल हुनुभएको थियो ।
यसैगरी घटनामा कोडवाडामा नेकाका तर्फबाट वडाअध्यक्षमा निर्वाचित लालबहादुर कठायत, सोही स्थानका भीमबहादुर कठायत, गोर्खे कठायत, गणेश विष्ट, टेक विष्ट, गङ्गा विष्ट, तेन्जिङनोर्बु शेर्पा, नोर्बु शेर्पा, गोरखा घर भएका ठेकेदार कुमार थापा, तनहुाका जन्तरे लाटामगर, इलामका प्रदीप राई, काभे्रका पे्रम लामा, माइला पासाङ तामाङ, रामेछामका हर्के तामाङ, मकवानपुरका बुधमान च्याङ्वा, सोलुखुम्बुका चिबहादुर राई, भोजपुरका नीरकुमार खत्री र मोरङका कृष्ण थापा पनि मारिएका थिए ।
विमानस्थल निर्माणस्थलको काम सुब कार्की निर्माण कम्पनीले लिएको थियो ।