रङ्गिएको माया (एकाङ्की)

162 पटक पढिएको

प्रकाशित मिति: १३ फाल्गुन २०७०, मंगलवार ०३:४७

सम्पादक: Dhadingnews.com

विष्णुप्रसाद सेढाई ‘निश्चर्मल’
ज्यामरुङ ५, धादिङ
पात्रहरुः सुन्दर  –
प्रमुख पुरुष पात्र
विलास  –
विधुवा महिला – सहायक महिला पात्र
सुन्दरी  – सहायक
भेदक   –   ”
सुम्निमा –  ”
देवदूुत  –  ”
गोपाले दाइ –”
(सुनसान कोठा । कोठामा दायाँ र बायाँ खाट र बीचमा खुल्ला बाटो । खाटको बीच बाटोमा एउटा मुढा छ । भित्तामा नायक नायिकाको फोटो छ । एउटा नायकले सुन्दरी नायिकालाई अंगालोमा बाँधेको छ । कोठामा ठूलो एउटा झ्याल, झ्यालको छेउमा ठूलो दराज छ दराजैनेर टेबुल छ । टेबुलमा शृङ्गारका सामानहरु छरपस्ट देखिन्छन् । यही कोठाको सुनसान वातावरणमा चिन्तित गमदारी पाराले चिउँडोमा हात राखी भित्तामा टाँसिएको नायक नायिकाको फोटोलाई एक १५÷१६वर्षका युवकले हेरिरहेको छ । खाटको बीचमा बसेको उक्त केटा मुढामा बसेको छ । साथमा कलम,  खाटमा किताब र कापी पल्टिएका छन् । यत्तिकैमा एक युवकको आगमन हुन्छ ।)
सुन्दरः विलास ! ए विलास !! कता गयो होला ? सदाँ त कोठामा नै हुन्थ्यो । होईन, ढोका पनि          खुलै छ त । किन बोल्दैन यो विलास ! (हतारिएर कोठामा पस्न लाग्दा विलास     झस्कन्छ)
विलासः अहो. ! सुन्दर पो आएछ ! आइज न बस् । (सुन्दर रिसाएको पारामा)
सुन्दरः के को आइज नि ? बरु तँ किन आएको भने भैहाल्छ नि, तँलाई म आएकोमा     बडो रिस     उठेको छ । मुखले चाँहि ठिक्क पार्छस् ।(विलास धैर्य मुद्रामा)
विलासः ए ! नरिसान यार् ! हेर्न, म होमवर्क गर्न लागेको थिएँ । एक्कासी मेरो मनमा असारको     बाढी उर्लियो अनि किनारमा फुलेको फुललाई निमोठिदियो । र त्यो फुल कालो भेलसँगै     बग्दै गयो कि जस्तो भान भा’छ सायद मेरो ………….(सुन्दर खुसी पाराले नजिक     आएर जिज्ञासु मुद्रामा)
सुन्दरः के हो ? तँलाई त ५६ भोल्टको करेन्टले झ्यप्पै तान्यो कि क्याहो ?
विलासः हैन यार् ! तँ जैले नि मलाई ख्याल ठट्टाको पाराले नजिस्क्या न । सुन् म आज साँच्चै     सिरियस् भा’छु था’छ तँलाई ?
मलाई लाग्छ ममाथि कुनै भूतले बास गरेको छ, कुनै पहराले चेपेको छ, कुनै लहरा     लतिकाले जेलेको छ, अनि यो पनि मानौँ कि मैले एउटा छुट्टै स्वरुप निर्धारण गर्दैछु ।(    सुन्दर दिक्दारी पाराले सम्झाउन खोज्छ ।)
सुन्दरः विलास ! तँलाई आज के भएको छ हँ ? मलाई लाग्यो, मेरो आगमन पश्चात तँ मा     खुसीयाली छाउने छ । हर्षका आँसु, वर्र्षातका असिना झैँ झर्ने छन् तेरा धारा प्रवाह     कलमका टुप्पाले खुसीका सन्देश पन्ना – पन्ना उतार्नेछ  अनि यो पनि लाग्थ्यो कि तँ     मा एउटा कलुषित दुषित र अमान्य पर्दाहरुमा चैतका हुरीले आकाशमा लागेको घुर्मैलो     बादल हटेझैँ हट्ने छ । तर तँ मा आज एक्कासी किन यो अंकुराएका वीजहरु     ओईलाएको जस्तो देख्छु ।
विलासः हो, पक्का भयो अब । मैले सब् त्यही कुरा जुन् तँैले महसुस गरेको छस्, जुन तेरो     अन्तरिम कौतुहलताले महसुस गरेको छ, ठीक त्यही विल्कुल छैन फरक देख्दैछु, महसुस     गर्दैछु । ममा त्यो पर्दा आईसकेको छ देखिस् तैँले ?
सुन्दरः विलास ! तेरो यो चेहेराले के बताउँदै छ ?
विलासः मेरो स्वरुप, यो स्वरुप, यो कुरुप, यो नशा, यो भवितव्य, यो मौसम अनि यो घडीले     के देखाइरहेको छ, म घडी हेरेझैँ, ऐना हेरेझैँ भन्न सक्दिन । केवल मैले महसुस गर्दैछु     ।     (घुमौरो पारामा सुन्दर कथा सुनाउँछ)
सुन्दरः एउटा गाउँमा विधुवा महिला बस्थिन् । उनी साह्रै गरिब थिईन् । उनका घर, परिवार,     जग्गा, जमिन, लिखो, पखेरो, नाता गोता, आफ्नो आफन्त छरछिमेक, कुटुम्ब भने पनि     सुख दुःखको साथी एउटी छोरी थिइन् । (विलास झस्किएको पाराले)
विलासः अहो ! अनि के भएछ, शुरु गरिहाल् (सुन्दर खुसिपारामा कथा भन्न खोज्छ)     अनि……………..अनि ती छोरी अत्यन्त राम्री सुन्दरी थिइन् । त्यति मात्र होइन उनको     बोलाइ, हिँडाइ, पढाइ, गराइ सबै सर्वगुण सम्पन्न थियो । (त्यत्तिकैमा विलास सुन्दरलाई     तानेर कथा भन्न बन्द गर्ने आदेश दिन्छ र झट्ट फर्केर भित्तामा टाँसिएको नायक     नायिकाको फोटोमा गाढा नजर लगाउँछ अनि एकै क्षणमा बरबर आँशु झार्छ अनि     रुन्चे हाँसो पनि देखिन्छ मानौँ की यतिबेला बर्षातको भलले अनायासै किनारको सानो     स्वच्छ र निर्मल पानी सहितको डुबुल्को बगाएको भान हुन्छ ।)
सुन्दरः (आँत्तिएको छठ्ठा र जिज्ञासु भावले) लौ यो त रुन पो थाल्यो कि क्या त ! के पाराको     मान्छे रै’छ बा ! म त तीन छक मात्र होइन चारै छक परेँ ।
विलासः (मौनता भावले तस्विर स्पर्श गर्छ, नायक नायिकाको दुबै तस्बिरलाई बरोबर पालैपालो     दृश्यावलोकन गर्छ)
विलासः लौ फेरि भन् कथा किन रोकिन्छस् तेरो कथा, उस्को कथा, उनको कथा, उहाँको कथा,     मौसुफको कथा, मेरो कथा सायद उस्ताउस्तै लाग्छ भनिएको कथा जस्तै लेखिएको     कथा, लेखिएको कथा जस्तै भनिएको कथा र लेखिएको भनिएको कथा जस्तै भोगिएको     कथा उस्ताउस्तै छकि छैन ?
सुन्दरः (अतितका घटना अनि जीवनरेखा ऐनामा एक्कासी देख्छु) हुन त, समुन्द्रका छालले     एकैपटकमा हजारौँ माइलका मानव र मानवेत्तर सजीवहरुलाई एकै निमेशको     सूचनाविना, आवाज विना पूर्वयोजना विना, पूर्वसर्त विना सखाप बनाइदिन्छ । तर     कहिले काहीँ उम्केका माछा पनि फुर्लुङमा पर्न सक्छ । यी सबै कुरा समयले बताउने छ ।
विलासः (पहिलेको कथा स्मरण गर्छ र भन्न आग्रह साथ अनुनय, विनय गर्छ ।) सुन्दर–लौ     पहिलेका कथा भन छिट्टै भन, बेर नलगाऊ ।)
सुन्दरः अनि ती सुन्दरीकी रुप, गुण, चरित्र, बानी व्यवहार पनि अकाट्य, विशिष्ट थियो । अनि     एकदिन उनकी आमाले छोरीको अस्तित्व रक्षार्थ र एउटा पतिव्रत स्त्रीको नाक राख्न     राम्रो वर पाए विवाह गरीदिने निधो गरिन् । त्यसपछि वरबधुको भेटघाट पछि दुबै     एकअर्कामा मिल्ने साथी वा जीवन साथी हुने कुरा स्पष्ट किटान भयो । नभन्दै भेदक भन्ने     केटासँग सुन्दरीको विवाह भयो ।
विलासः (सुन्दरको कथाक्रम काटेर तस्विर देखाउँदै) सायद ती भेदक र सुन्दरीको जीवन पनि     यिनीहरुकै जस्तो सद्भाव, कारुणिक, प्रेममय, स्नेही र निकटतम् थियो होला हगि ?
सुन्दरः (अबुझ र अज्ञानी अभिनय साथ) गोपाले दाइको पनि ? उस्को कथा भन्न सक्छस् ? उस्को     कथा र यी नायक नायिकाका, यी सुन्दरी र भेदकका बीचका जीवनरुपी कथामा फरक छ     की छैन ?
विलासः (विलास पनि अज्ञानी र अबुझ पारामा) छैन । केहि फरक छैन । कस्तो राम्रो महजोडी !,     कति राम्रो जीवन !, कति राम्रो प्रेममय अनुभूति, सायद सबैको यस्तै हुन्छ होला हगि ?     जीवन !
सुन्दरः हो । यस्तै हुन्छ, हेर्नेको आँखामा, दुइदिनको रामछायाँमा, दुइदिनको रमाइलोमा, दुइदिनको     भोगाइमा तर त्यो दिनमा उस्ले थाहा पाउँछ, जुन दिन नचोइटिएको सूर्य चोइटिन्छ,     नलागेको चन्द्रमा लाग्छ, नढलेको सगरमाथा ढल्छ अनि नपुछिएको सिंन्दुर पुछिन्छ ।
सुन्दरः (आक्रमक र जोसिलो शैलीमा विलासतिर लम्कन्छ) त्यसो भए तँ अझै कथा सुन्छस्,     त्यसपछि के भयो ?
विलासः सुन्छु नि, बडो मज्जासँग सुन्छु । तेरो कथामा समुन्द्र सुकेपनि पन्ध्र बर्षीय बालिका बिधुवै     भएपनि, पाँच बर्षीय बालिका अन्धाधुन्दा मायामा फसेपनि, सक्कली नेपाली केटाको टोपी     नै खोसिए पनि, लागुऔषध विरोधी निश्चर्मल लेखन्दासको टुपी नै चुडेपनि, स्कूल छाडेर     फल्लोअपमै लागे पनि म झन–झन आरोप र आरोग्यले बफाएपछि मेरा एउटा कान     एक्कासी अर्को कानसँग सदाको लागि वाइ–वाइको हात हल्लाउँछ जति बेला कान     कानबीच अपर्झट भेट हुन्छ तब यी कानका जीवनलिला सखाप हुन्छ ।
सुन्दरः (धेरै बेरको कोझ लिएर मलिनो र अध्याँरो अनुहारमा, जस्तो सूर्य क्षितिजबाट विलासिँदा र     कालो बादलले ढपक्कै सूर्य ढाक्दा दिन अन्धमुस्त हुन्छ) त्यसपछि उनिहरुले एकले     अर्कालाई चिन्ने दुरी घटेको कारण भेदकलाई मुटुको क्यान्सर छ भनेर सुन्दरीलाई थाहा नै     भएनछ अनि सुन्दरी पनि एक्ली आमाकी छोरी त्यसरी यौन दुराचारमा फसेकी छे ।    उसलाई एच्.आइ.भी. एड्स लागेको छ भन्ने थाहा भएनछ ।
विलासः ( उत्तेजित भएर) आबुई ! कस्तो धर्मसंकटमा परेछ । साँच्चै मान्छेलाई यस्तो पनि पर्छ     हगि ?
सुन्दरः (शान्त स्वरमा जिउ ढक्क फुलाएर) यस्ता एकपछि अर्को लगातार घटित घटना एउटा     नरसंहारवादी घटना हो, अमूर्त र अकाट्य घटना हो । तर बेलैमा बुद्धि पु¥याउन सके     साँपको माला घाँटीमा लगाउन पनि सकिन्छ, सिंहको ढाड सिंहासन र डाइनोसरको धम्की     खरायोको खेलौना पनि बनाउन सकिन्छ ।
विलासः अझै भन् कथा । तेरो कथालाई मैले बन्द सिसाको बाकसमा क्याप्चर गरिसकेँ ।
सुन्दरः (केही आरामताका साथ ढुक्क महसुस गरेर) अनि त्यस घटना बगिसकेको खोला थियो,     डुबिसकेको घाम थियो, मरिसकेकी आमा थिइन्, जलिसकेको मुर्दा थियो अनि पग्लिसकेको     हिउँ थियो । जुन पुनः बल्झ्याएर पनि काम थिएन । त्यसैले उनिहरु अतितका काला दिन     सबै भुलेर अब बाँकी केही थोरै दिन सुखसँग बिताए ।
विलासः (लामो सास फालेर) लौ ईश्वर तिम्ले धन्न बँचाएछौ । तिम्ले ती भेदक र सुन्दरीलाई     जुन रुपले हे¥यौ मेरो पनि उस्ताउस्तै देख्छौ । लौ हेर है लौ भन त मेरो सुम्निमासँग     कस्तो छ ?
देवदुतः (अदृश्य शरिर र अपरिचित स्वरका साथमा) हेर मनुवा तिमी………..
सुन्दरः (आत्तिएर जिज्ञासु स्वरमा) भगवान् ! तिमी कसरी यहाँ कसरी……. कसरी ……..किन     भन्ने र रच्ने बित्तिकै यहाँ ?
देवदुतः (ढाडस प्रदान गर्दै) हेर मनुवा, तिमी शान्त रहु । म देवदुत हुँ । तिमी जस्तै एउटा अबोध     बालिका र अनविज्ञ नारी माथिको दुव्र्यवहारको खाल जमाउनेका लागि कपटताको माला     लगाइदिन म आएको हुँ । के मञ्जुर छ ?
सुन्दरः त्यसो भए म पनि “तरकारी नपकाएको भाँडोमा नुन लागेको भतेर” भएछु त ?
देवदुतः (सम्झाउने शैलीमा ढाडस दिएर) ठिकै छ ! तिमी मात्र होइन “अलिनु भतेर नुनिलो”     भएको, सबैको स्थिति यस्तै छ । त्यसैले सम्झ, आममाफी प्रकट गर र समस्तलाई गर्न     लगाऊ ।
देवदुतः (तत्काल विलासलाई पनि सम्झाउँदै) एउटा ट्याङ्कीमा एक बोतल विख मात्र परेको छ     तर खोलामा, आँखुमा पर्न सक्छ अनि एवं रितले समुन्द्रमा पर्न सक्छ । (यत्तिकैमा     देवदुतको आवाज थर्कावटसँगै हराउँछ)
विलासः (अट्टाहस हाँसोमा) मित ज्यु, हामी भिन्दा भिन्दै भङ्गाला भए पनि एउटै नदी रहेछौँ हगि     ?
सुन्दरः हा……..हा………..हा………(दुबैजना हाँस्दै ओछ्यानमा पल्टन्छन्)

(२०६९–०७–१६,२४गते नेत्रावती साप्ताहिकमा प्रकाशित) (सुझावका लागि सम्पर्क ः९८१८४४५९७५)



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१३ फाल्गुन २०७०, मंगलवार ०३:४७ मा प्रकाशित

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories