मेलामा ५१ लाख ७३ हजार १ सय ९७ रुपैया ९५ पैसाको कारोवार

582 पटक पढिएको

सम्पादक: Dhadingnews.com

            पत्रकार सम्मेलन गरेर आय व्यय सार्वजनिक

धादिङबेसी,१४ फागुन ः गएको माघ १५ देखि २३ गते सम्म धादिङवेसीमा आयोजना गरिएको बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० को आय व्यय विवरण सार्वजनिक गरिएको छ । मेला आयोजक संस्था उद्योग वाणिज्य संघको सचिवालयमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको आयव्यय तथा समिक्षा प्रतिवेदन सार्वजनिक गरिएको हो ।
उद्योग वाणिज्य संघ धादिङले आयोजना गरेको धादिङ जिल्लास्तरीय मेलामा संघले ५१ लाख ७३ हजार १ सय ९७ रुपैया ९५ पैसाको कारोवार गरेको संघका कोषाध्यक्ष विश्वराम दुवाडीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष कल्पना अधिकारी,महासचिव लोकनाथ डल्लाकोटी लगायतले मेलाको उपलव्धिका वारेमा वताउनु भएको थियो ।
एक बर्ष अघि स्थापना भएको संघले पहिलो पटक सदरमुकाम धादिङबेसीमा मेलाको आयोजना गरेर धादिङ जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग,व्यापार,कृषि पर्यटन शिक्षा तथा स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याएको कार्यक्रममा वताईएको थियो ।
मेलाको उपलव्धि र कृषि पर्यटन तथा औद्योगिक व्यापार प्रवद्र्धनको भावी सम्भावनाहरुको वारेमा समेटेर स्मारिक प्रकाशन गर्नुका साथै सदरमुकाममा कोसेली घर निर्माण गर्न संघले आवश्यक पहल गर्ने महासचिव लोकनाथ डल्लाकोटीले बताउनुभएको छ ।