‘आफू भलो त समाज नै भलो’

159 पटक पढिएको

प्रकाशित मिति: २१ फाल्गुन २०७०, बुधबार ०४:१५

सम्पादक: Dhadingnews.com

प्रकाश सापकोटा
संसारमा कोही पनि मानिस अपराध गर्नु राम्रो काम हो भन्दैन । आफूखुसी अपराध गर्न पनि चाहँदैन । अपराध गर्नु उसको उद्धेश्य पनि होइन ।तर जब मानिस समाजमा आफ्नो आवश्यकता बोध गर्दछ र आवश्यकता पूरा गर्ने आधार पाउँदैन तब अनेक किसिमको अपराध गर्न थाल्दछ । झुट बोल्न थाल्दछ । चोरी गर्न थाल्दछ । पाकेट मार्न थाल्दछ र हत्या, डकैती जस्तो जधन्य अपराध गर्न पनि पछि पर्दैन । यदि उनिहरुलाई समाजले अलिकति माया दिएर उनिहरुको अवस्था र क्षमताबोध गराउने र उनिहरुको क्षमता अनुसारको काम दिने वा सिकाउने हो भने त्यतिबेला त्यसले मृत–सञ्जीवनीको काम गर्दछ । उनिहरुबाट हुने सामाजिक विकृति स्वतः हटेर जान्छ ।
हाल समाजमा विद्यमान विकृतिहरुलाई नियाल्दा यस्ता सामाजिक विकृतिका घटनाहरु तीन किसिमले हुने गरेको पाइन्छ । कि घर परिवारबाट तिरस्कृत भएकाहरुबाट अन्त कतै साहारा नपाएपछि बाध्य भएर अपराधिक क्रियाकलाप हुने गरेको पाइएको छ कि आवश्यकताको मात्रा बढ्दै गएर त्यसलाई आफ्नो आम्दानीले धान्न नसक्ने अवस्था पुगेपछि यस्तो काममा लाग्ने गरेको देखिन्छ । यस बाहेक अर्को कारण पनि छ – जो खराब संगतको कारण उब्जिने गर्दछ । कारण जुन सुकै होस् सबैको मूल जरो समाज नै हो । त्यसलाई हटाउने दायित्व पनि सर्वप्रथम समाजले नै लिनुपर्दछ ।
यदि समाजका प्रत्येक व्यक्तिले आपसी विश्वास सिर्जना गरी आपसमा सहयोगको भावनालाई बढाएर प्रेम पूर्व व्यवहार गर्ने हो भने केहि हदसम्म स्वतः यस्ता विकृतिहरु हटेर जान्छ । आज जे जति विकृति देखिएका छन् प्रायः सबै आपसी अविश्वास, घृणा, तिरस्कार, असहयोग, उछिन्ने र खुट्टा तान्ने प्रवृत्तिले गर्दा नै हुने गरेको देखिन्छ । यसबाहेक प्रत्येक व्यक्तिले नरोपीकन खान खोज्नु हुँदैन । नहिडी पुग्ने आशा गर्नुहुँदैन । नपढी पास हुने र सर्टिफिकेट लिने प्रयास गर्नुहुँदैन । अर्काको डाह र ईष्र्या गर्नुहुँदैन । आफ्नो आङको भैँसी पनि नदेख्ने तर अर्काको आङको जुम्रो पनि केलाउने प्रवृत्ति राम्रो होइन भन्ने कुरालाई राम्ररी बुझेर अरुलाई गालि नगर्ने, नसराप्ने । बाटोघाटो, पानी पधेँरा नबिगार्ने । गौचरण नमास्ने, जथाभावी फोहोर नगर्ने, अर्काको गुणलाई पनि दोषको दृष्टिले नहेर्ने । अर्काको कुरा नकाट्ने, चुक्ली नलगाउने व्यक्तिगत प्रयोगमा नल्याउने, आ दोषको दृष्टिले नहेर्ने । अर्काको कुरा नकाट्ने, चुक्ली नलगाउने व्यक्तिगत प्रयोगमा नल्याउने, आफ्नो धनसम्पतिको अनावश्यक प्रदर्शन नगर्ने । व्यत्तिगत रिसिबी लिएर कसैलाई फसाउने चेष्टा नगर्ने । घमण्ड र अहंकार नगर्ने । आपत्मा परेको मानिसलाई उद्धार गर्ने प्रयास गर्ने ईत्यादि गुणको विकास गराउने हो भने समाजलाई सुधार्न गाह्रो पर्दैन ।
राम्रो काम गर्दा कतिपय अवस्थामा विघ्न बाधा पनि आइपर्न सक्छ तर आत्तिनु हुँदैन । राम्रो काममा विघ्न बाधा पर्नु स्वभाविकै हो । “श्रेयांसिबहुविघ्नानि” नीतिमा पनि भनिएको छ । तर आत्तिनु हुँदैन । राम्रो काम गर्ने मानिसको कहि कहिल्यै दुर्गति हुँदैन । समय आउनासाथ स्वतः ठीक हुन पुग्दछ । देवता र दानव मिलेर अमृतको लागि समुद्रमन्थन गर्दा कालकूट विष पनि निस्केको थियो । यदि उनीहरुले विघ्न प¥यो भनेर काम छाडेका भए अमृत खान पाउने थिएनन् । कामदेवले देवताहरुको उपकार गर्न खोज्दा आफैँ जलेर भष्म हुनु परेको पनि थियो । तर उनको उपकार त्यसै खेर गएन । अनङ्क भएर पनि कल्पान्तजीवि हुन पाए । त्यसैले विघ्न प¥यो भन्दैमा बीचैमा कर्म छोड्नु हुँदैन । परिणाम एकदिन स्वतः आफ्नो अनुकुल भएर आउँछ ।
राम्रो कामको नतिजा नराम्रो हुँदैन । राम्रो काम गरे राम्रै फल पाइन्छ । नराम्रो काम गरे नराम्रै फल पाइन्छ । बीउ अनुसारको फल पाइने त प्रकृतिको नियम नै हो । शुभ कर्मको फल पनि शुभ नै हुन्छ र शुभ फल सुखदायक हुन्छ । त्यस्तै अशुभ कर्मको फल अशुभ नै हुन्छ र अशुभ फल दुःखदायक हुन्छ । मकै रोपेको ठाउँमा धान उम्रन्न । धान रोपेको ठाउँमा कोदो पनि फल्दैन । शुभ कर्म गर्नु भनेको अरुलाई सुख दिनु हो अरुलाई सुख दिनु भनेको दुःख नदिनु हो । दुःखको अभाव नै सुखको रुप हो । त्यही नै परोपकार हो, यही नै आत्म कल्याण हो । दही दूधको लागि गाई–भैँसी पाल्नुपर्छ । अन्नपात उब्जाउनको लागि खेतिपातीमा ध्यान दिनुपर्दछ । पानी खानको लागि धारो र कुवा बनाउनुपर्दछ । फलफूलको लागि बोटबिरुवा लगाउनु पर्दछ । ठूलो मानिस बन्नको लागि पढाइ र अध्ययनमा ध्यान दिनुपर्दछ । विद्याको लागि गुरुको सेवा गर्नुपर्दछ । सुख, शान्ति र आनन्दको लागि समाजको इज्जत गर्नुपर्दछ । सफलताको लागि काम गर्नुपर्दछ । कमैद्वारा नै सिद्धि पाइन्छ । मनचिन्ते झोला कसैसँग पनि छैन अल्छी तिघ्रो स्वादे जिब्रो गर्नु हुँदैन । मानिसको जीवन नसुध्रे कुरै छैन ।
हामीले चाहेको सुख, शान्ति र आनन्द हो । तर त्यसलाई दिने आधार समाज नै भएकोले पहिले समाजको माया गर्नुपर्दछ । हामी आफ्नै सुखलाई माया गरी हेर्न चाहन्छौँ तर त्यो भन्दा अगाडी मुखलाई देखाउने ऐनाको माया गर्नुपर्दछ । अन्यथा हामी मुखलाई हेर्ने अवसरबाट बञ्चित हुन पुग्दछौँ । कोही पनि मानिसको लागि आफू बाहेक अरु प्रिय हुँदैन तर सबैले आफूलाई माया गर्नु पूर्व नै सभ्य र सुशिक्षित बनाउनुपर्दछ । अन्यथा समाजबाट सुख, शान्ति र आनन्द पाउन फोहोरी घरमा बसेर निरोगिताको आशा गर्नु जस्तै हुन पुग्दछ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२१ फाल्गुन २०७०, बुधबार ०४:१५ मा प्रकाशित

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories