नेपालद्वारा अफगानिस्तान नौ रनले पराजित

652 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

बंगलादेशमा अभ्यासका क्रममा नेपाली खेलाडी (तस्बीर: फाइल फोटो)
बंगलादेशमा अभ्यासका क्रममा नेपाली खेलाडी (तस्बीर: फाइल फोटो)

टीट्वान्टी विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले पराजित गरेको छ।

४ ओभरमा १८ रन दिएर ३ महत्त्वपूर्ण विकेट लिने जितेन्द्र मुखिया म्यान अफ दि म्याच भए। यसअघिका ६ वटा म्याचमा लगातार पराजय भोगेको अफगानिस्तानसँग नेपालले विश्वकपमा हिसाब चुकाएको छ।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले सुवास खकुरेलको अर्धशतकका साथ ५ विकेटको क्षतिमा १४२ रनको लक्ष्य अफगानिस्तानलाई दिएको थियो।  खकुरेलले शरद भेसावकरसँग मिलेर चौथो विकेटका लागि ७६ रनको साझेदारी गरे। जारी विश्वकपमा नेपालले गरेको यो सबैभन्दा ठूलो साझेदारी हो। यो जितसँगै नेपालले आफ्नो समूहमा अफगानिस्तानलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ।

अन्नपूर्ण