प्रभात किरण सुवेदीले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी समिति सदस्यको लागि उमेद्वारी दिने

843 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ -नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी समिति सदस्यको लागि धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रभात किरण सुवेदीले उमेद्वारी दिनुहुने भएको छ । 1010671_369335219875608_1170325723_nयहि चैत्र २८ र २९ गते हुन गईरहेको महासंघको ४८ औं वार्षिक साधारण सभा तथा निर्वाचनमा जिल्ला∕नगर उद्योग वाणिज्य संघको तर्फवाट सुबेदीले कार्यकारीणी समितिको सद्स्यपदमा उमेद्वारी दिनुहुने भएको हो ।
महासंघको संघिय तथा निजी क्षेत्रको प्रतिनिधी मुलक चरित्रलाई मजवुत र सुदृढ् वनाउन तथा जिल्ला÷नगर उद्योग वाणिज्य संघ र संघका सदस्यहरुको आवाज तथा विविध समस्याहरुलाई महासंघको माध्यामवाट शसक्त रुपमा उठाउन तथा समाधान गर्न अधिकतम् प्रयत्न गर्न उमेद्वारी दिन लागेको प्रभात किरण सुवेदीले धादिङन्युजलाई जानकारी दिनु भयो । धादिङको पीडा गाविसमा २०२६ सालमा जन्मिएका प्रभातकिरण सुवेदी -शिव सुवेदी) एक उत्साही व्यावसायी हुन् ।