खुल्ला दिशा मुक्त क्षेत्र घोषणाको लागि थाक्रेमा सरसफाई अभियान

1171 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 आशिष ठकुरी

थाक्रे,चैत्र ११ – धादिङको थाक्रे मा मंगलबार गाउँघर तथा टोल सरसफाई गरीएको छ । वडा स्तरिय खानेपानी तथा स्वच्छता समन्वय समिती थाक्रेको आयोजना र शान्ति नेपाल सँस्थाको सहयोगमा जारी सरसफाई अभियान अन्र्तगत थाक्रे गाउँ विकास समितीको वडा नम्बर ४ को माटी गाउँ, खतिवडा टोल, चेपाङ गाउँ र भुजेल टोलको सरसफाई गरिएको हो । सरसफाई तथा सुलभ चर्पी निर्माण र प्रयोगको अभावमा गाउँघरमा देखा पर्ने सरुवा रोगबाट बच्ने र बचाउने उद्देश्यका साथ सरसफाई कार्यक्रम गरीएको आयोजकले जनाएको छ । सरसफाई कार्यक्रम अन्र्तगत घर आसपास, टोल तथा गाउँ र बाटोमा फ्याँकीएका फोहोरहरुलाई उठाएर निश्चित ठाउँमा व्यवस्थापन गरी काम नलाग्ने र जल्ने फोहोरहरुलाई जलाईएको छ । यसैगरी फोहोर राख्नका लागी ठाउँ ठाउँमा बोराको व्यवस्था गरीएको शान्ति नेपालका सामाजिक परिचालक ठाकुर परियारले बताउनुभयो । सरसफाई कार्यक्रममा अस्थाई प्रहरी चौकी महादेवबेशीका प्रमुख सहित समाजसेवी, बुद्धिजिवी, लगायत स्थानीयबासीको सहभागीता रहेको थियो । थाक्रे गाउँ विकास समितीको वडा नम्बर १, ४, ६, ७, र ९ मा सरसफाई अभियान कार्यक्रम सञ्चालन भईरहेको छ । जसमध्ये वडा नम्बर ४, ६ र ७ लाई यहि चैत्र ३० गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरीदैंछ ।